पोखरा ८ फागुन । पोखरामा विहिबारदेखि हुने नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा दुई दिन सञ्चालन हुने उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
देशभरका ७७ वटै जिल्लाबाट झण्डै १ हजार ६ सय पत्रकार तथा पर्यवेक्षक पोखरामा सहभागी हुनेछन् । उक्त अधिवेशनको लागि पोखरामा पर्यटकीय स्तरीय होटलका करिब ६ सय ५० रुममा व्यवस्थापन गर्ने गरी तयारी गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी वहन गर्दै काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । विहीबार पोखरामा सृजनाचोकबाट नौमती बाजागाजा सहित झाँकी प्रर्दशन गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले बताईन् ।
उक्त अधिवेशनको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिने भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेशनले तयार गर्ने बताए । उनले श्रमजीवि पत्रकारको मुद्धामा नझुक्ने जनाए । श्रमजीवि ऐन कार्यान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताए ।
राज्यले संरक्षण नीति बनाउको लागि अधिवेशनले शाखा बनाउने बताउँदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउनेतर्फ उन्मुख हुने जनाए । उनले भने “प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा संघर्ष गर्नेछौं, पत्रकारले आन्तरिक रुपमा पस्केका समाचार सामाग्रीको बारेमा स्वयं नियमन आफै गर्नुपर्छ ।” अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा मजबुत पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए ।
निर्वाचन प्रणालीमार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्द्रीय अधिवेशन हुने गरी अधिवेशनको मुख्य मुद्धा रहने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताईएको छ ।

तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो