संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार भएको बताएका छन् ।
विहिबारदेखि पोखरामा शुरु भएको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे । पोखरा रंगशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रकृया अगाडि बढाएको मन्त्री अधिकारीको भनाई थियो । मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।
उनले सरकारले संघीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढानुको साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिदै आएको उल्लेख गरे । अव मुलुक समृद्धितर्फ उन्मुख भएको मन्त्री अधिकारीको धारणा थियो ।
वर्तमान सरकार गठन गर्दा दुई प्रतिशत काम भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल एक बर्षको अवधिमा २८ प्रतिशत काम भई सकेको मन्त्री अधिकारीले जानकारी दिए । तोकिएको समय भन्दा छ महिना अघि पोखरा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने दावी गरे । मन्त्री अधिकारीले पोखराको अन्तराष्ट्रिय विमानस्थल सन् २००० सम्ममा विमानस्थल निर्माण सम्पन्न हुने २०२१ जनवरीमा परीक्षण उडान गरि फेब्रुअरीदेखि सञ्चालनमा आउने उल्लेख गरे । उनले यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु