पोखरा, ९ फागुन । आयोजक सहारा क्लब पोखरामा शुरु १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट बाहिरिएको छ । पोखरा रंगशलामा विहिबारदेखि शुरु उद्घाटन खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफसँग सडेन डेथमा हारेपछि आयोजक सहारा क्लब प्रतियोगिताबाट बाहिरियो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा पनि दुबै टोलीको समान १–१ गोल र टाइब्रेकरमा ४–४ गोल भएपछि सडेन डेथमा जितहारको छिनोफानो भएको थियो । सडेन डेथमा एपीएफका कीपर रोमन रसाइली नायक बने । रोमनले सहाराको गोविन्द देवकोटालाई रोकेपछि एपीएफ विजयी बनेको थियो ।

अतिरिक्त समयको अन्तिम तीन मिनेटमा पहिलो रोजाइका गोलकीपर अमृत चौधरीको सट्टा मैदान छिरेका रोमनले आयोजक सहाराको दुईवटा टाइब्रेकरलाई रोक्न सफल भए । रोमनले यसअघि सहाराको शुशील लामाको टाइब्रेकर सुटलाई समेत रोकेका थिए । यता, सहाराका कीपर लक्कीकुमार कार्कीले भने एपीएफका कीपर रोमनको टाइब्र्रेकर सुटलार्ई मात्रै रोक्न सफल भए ।
टाइब्रेकर सुटमा एपीएफको तर्फबाट सुदिप सिख्राकार, आशिश लामा, सन्तोष कटुवाल, बिकी लामा र बुद्धिमान राईले गोल गर्न सफल रहे । सहाराको टाइब्रेकरमा अनिल गुरुङ, सहिद अनिफोवोसे, पदम भट्टराई र बिष्णु गुरुङले गोल गरे ।
उद्घाटन खेलमा सहारा क्लबले गोलको खाता खोलेको थियो । खेलको १७ औं मिनेटमा सहाराका बिनोद गुरुङले टिमका लागि प्रतियोगिताकै पहिलो गोल गरे ।
सहाराले गोलको खाता खोल्न नपाउँदै एक मिनेटभित्र एपीएफले जवाफी गोल फर्कायो र खेललाई १–१ को बराबरीमा पु¥यायो । खेलको १८ औं मिनेटमा एपीएफका आशिष लामाले जवाफी गोल फर्काएका हुन् ।

उद्घाटन खेलमा आयोजक सहारा र विभागीय एपीएफले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन । एपीएफको तुलनामा आयोजक सहाराले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसकेको सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले बताए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीले कठिन जित निकालेको प्रतिक्रिया दिए । प्रतियोगिताको आगामी खेलहरुमा टोलीले सुधारात्मक प्रदर्शन गर्ने महर्जनको भनाई थियो ।
विभागीय एपीएफका बुद्धिमान राई प्रतियोगिताको म्यान अफ दि म्याच बने । सहारा एफसी युकेका अध्यक्ष कृष्ण गुरुङ र सहारा युके पोखरा मञ्चका सदस्य मनप्रसाद गुरुङले म्यान अफ दि म्याच राईलाई नगद पाँच हजार र ट्रफी प्रदान गरे ।
उक्तअवसरमा सहारा क्लबले उत्कृष्ठ खेलाडीका रुपमा पूर्व राष्ट्रिय गोलकिपर किरण चेम्जोङलाई नगद ३५ हजारसहित सम्मानपत्रद्धारा सम्मान ग¥यो । संस्कृति, नागरिक तथा उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले चेम्जोङलाई सम्मान गरेका हुन् ।
सहारा क्लबले एन्फा कास्कीलाई फुटबल मैदान मर्मत गरेको भन्दै दुई लाख प्रदान ग¥यो । सहारा क्लब अध्यक्ष केशवबहादुर थापाले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे ।
शुक्रबार प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनल खेल हिमालयन शेर्पा र धरान फुटबल क्लबबीच हुने आयोजक सहारा क्लबले बताएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु