काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड बिस्तार हुने भएको छ । उक्त सडक विस्तारपछि करिब २१ मिटर फराकिलो हुनेछ । अहिले करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खन्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।
अहिले डीपीआरको काम अन्तिम चरणमा रहेको सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका डेपुटी निर्देशक सुरेस पौडेलले जानकारी दिए । मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको डीपीआर क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाइरहेको छ । प्रारम्भिक अनुमान अनुसार २० अर्व रुपैयाँको लागतमा उक्त सडकखन्डको बिस्तार पुरा हुने देखिएको पौडेलले जानकारी दिए । उक्त लागत डीपीआर तयार भएपछि केही फरक पर्न सक्ने जनाइएको छ ।
पौडेलका अनुसार उक्त योजनामा एडीबीले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्नेछ भने त्यसमा थप ५ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने छ ।
पर्यटकीय नगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड डीपीआर तयार भएको ५ महिना भित्र ठेक्काको लागि टेन्डर आह्वान गर्ने तयारी भएको पौडेलले जानकारी दिए ।
डीपीआर र ठेक्का प्रकृया पुरागरि ठेकेदार कम्पनी छनोटमा करिब १० महिना खर्च हुने देखिन्छ । सबै काम सहितरिकाले हुने हो भने अबको एक वर्ष भित्र सडक बिस्तारको काम सुरु हुने छ ।
यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने पोडेलले जानकारी दिए । ‘सडकको बीचमा मिडियम राखिनेछ, त्यसले गर्दा विपरित दिशाबाट आएको गाडी ठोकिदैन र बस्ती भएको ठाउँमा सर्भिस लेन पनि राख्ने योजना बनाएका छौँ’ उनले भने ।
-गीता भुजेल/मेरो अटो
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो