विराटनगर–विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो ।
शनिबार विराटनगरमा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा पार्टी संयोजक रवीन्द्र मिश्रले पार्टीको परम्परा अनुसार उनलाई माटोको टीका लगाएर स्वागत तथा शुभकामना दिएका थिए ।
सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए । हाल पनि भेटवाल जेसिसको देशव्यापी प्रशिक्षक हुन् । झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आएका भेटवाल झापाका एकजना उद्यमी पनि हुन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनियुक्त प्रदेश संयोजक भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए ।
पार्टीका संयोजक रवीन्द्र मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताए ।
विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३ को संयोजकमा समीक्षा बास्कोटा, गण्डकी प्रदेशमा महेश भण्डारी, प्रदेश ५ मा अनुपमान सैँजु, कर्णाली प्रदेशमा गेहेन्द्र प्रसाद दहाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गोपाल हमाललाई चयन गरिसकेको छ।
सम्बन्धित समाचारः
http://gandaknews.com/bibekshil-sajha-3/
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ