पोखरा, १२ फागुन । पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा त्रिभुबन आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरे पछि हिमालयन शेर्पा ३–१ गोलले पराजित हुँदै खेल बाट बाहिरिन पुगेको छ ।
प्रतियोगिताको दोश्रो क्वाटर फाइनलको मध्यान्तर सम्म एक गोलले पछि परेको नेपाल आर्मीका नवयूगले ७१ औं ८० मिनेटमा गोल गर्दै आफू अझै पनि लयमा रहेको प्रमाणित गरे । ७१ औं मिनेटमा करिब ३५ यार्ड टाढा बाट सन्तोष तामाङको फ्रि किकलाई नवयूगले हेड मर्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।
यसै गरि खेलको ८० औं मिनेटमा नवयूगले काउन्टर गोल गर्दै टिमलाई जित तर्फ अगाडी बढाएका थिए । हिमालयनले पाएको कर्नर किक प्रहार क्लियर हुँदै मैदानको मध्य भागमा आएको बल हिमालयनका डिफेन्स यूलरिच सिवीकोले क्लियर गर्न सकेनन । यूलरिचले खुट्टा बाट फत्किएको बललाई म्यान अफ दि म्याच घोषित नवयूगले एक्लैले अगाडी बढाउँदै गोलमा परिणत गरे ।
खेलको ६५ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रालाई थप सहज बनाए । काउन्टर एटेकका लागि मुभ बनाइरहेको हिमालयनका खेलाडी बाट मैदानको मध्य भाग बाटनै बल खोस्दै अगाडी बढेका जर्ज प्रिन्सको पहिलो प्रहारलाई किपर किशोर गिरीले पन्च गरेर जोगाउने प्रयास गरे रिवाउण्डमा आएको बललाई उनले गोलको बाटो देखाए ।
यता हिमालयन शेर्पाले खेलको पहिलो हाफको २७ औं मिनेटमा गोल गर्दै आर्मीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । मैदानको वाँया भागको कर्नर नजिक बाट त्रिदेवको सटिक पासलाई विदेशी खेलाडी प्याट्रिक गोहाले हेड मार्फत गोल गरेका थिए ।

आर्मीको सेट टिमले खेलको पहिलो हाफमा पनि वन भर्सेस वनमा नवयूग र भरत खवासले दुई वटा गोल गर्ने प्रयास विफल भएका थिए । मिड फिल्डमा खासै चन्न नसकेका दुवै टिमले लामो पास काउन्टर मूभहरु बनाउने प्रयास गरेको देखिन्थ्यो ।
खेल पछि प्रतिक्रिया दिंदै आर्मीका प्रशिक्षक नविन न्यौपानेले भुटान बाट लामो यात्र पछि आएको टिमले राम्रो संग आराम गर्न नपाउँदै मैदान छिर्न परेकोले पहिलो हाफमा गोल खान पुगेको बताए । उनले भने–“दोश्रो हाफमा खेलाडी पुरानै लयमा फर्के र काउन्टर मुभमा गोल गर्ने प्रयास पनि सफल पारे ।”
यता पराजित टिमका टिम म्यानेजर विजेन्द्र पुडाशैनीले आफ्नो टिमले खेलमा हार भए पनि उत्कृष्ट खेल पर्दशन गरेको बताए । “विरगन्जको विशाल मेमोरियलको फाइनलमा हारको बदला लिन चाहेका थियौं तर सफल भएनौ” उनले भने–“नेपाल आर्मी राष्ट्रिय खेलाडी सम्मिलित टिम हो काउन्टरमा दुई वटा गोल सेभ गर्न सकेनौ ।”
सोमबारको तेश्रो क्वाटर फाइनल खेल भारतको सिक्किम यूनाइटेड र थ्री स्टार क्लबकाबीच हुनेछ ।
Source: pokharasports.com
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’