पोखरा, १२ फागुन । पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा त्रिभुबन आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरे पछि हिमालयन शेर्पा ३–१ गोलले पराजित हुँदै खेल बाट बाहिरिन पुगेको छ ।
प्रतियोगिताको दोश्रो क्वाटर फाइनलको मध्यान्तर सम्म एक गोलले पछि परेको नेपाल आर्मीका नवयूगले ७१ औं ८० मिनेटमा गोल गर्दै आफू अझै पनि लयमा रहेको प्रमाणित गरे । ७१ औं मिनेटमा करिब ३५ यार्ड टाढा बाट सन्तोष तामाङको फ्रि किकलाई नवयूगले हेड मर्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।
यसै गरि खेलको ८० औं मिनेटमा नवयूगले काउन्टर गोल गर्दै टिमलाई जित तर्फ अगाडी बढाएका थिए । हिमालयनले पाएको कर्नर किक प्रहार क्लियर हुँदै मैदानको मध्य भागमा आएको बल हिमालयनका डिफेन्स यूलरिच सिवीकोले क्लियर गर्न सकेनन । यूलरिचले खुट्टा बाट फत्किएको बललाई म्यान अफ दि म्याच घोषित नवयूगले एक्लैले अगाडी बढाउँदै गोलमा परिणत गरे ।
खेलको ६५ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रालाई थप सहज बनाए । काउन्टर एटेकका लागि मुभ बनाइरहेको हिमालयनका खेलाडी बाट मैदानको मध्य भाग बाटनै बल खोस्दै अगाडी बढेका जर्ज प्रिन्सको पहिलो प्रहारलाई किपर किशोर गिरीले पन्च गरेर जोगाउने प्रयास गरे रिवाउण्डमा आएको बललाई उनले गोलको बाटो देखाए ।
यता हिमालयन शेर्पाले खेलको पहिलो हाफको २७ औं मिनेटमा गोल गर्दै आर्मीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । मैदानको वाँया भागको कर्नर नजिक बाट त्रिदेवको सटिक पासलाई विदेशी खेलाडी प्याट्रिक गोहाले हेड मार्फत गोल गरेका थिए ।

आर्मीको सेट टिमले खेलको पहिलो हाफमा पनि वन भर्सेस वनमा नवयूग र भरत खवासले दुई वटा गोल गर्ने प्रयास विफल भएका थिए । मिड फिल्डमा खासै चन्न नसकेका दुवै टिमले लामो पास काउन्टर मूभहरु बनाउने प्रयास गरेको देखिन्थ्यो ।
खेल पछि प्रतिक्रिया दिंदै आर्मीका प्रशिक्षक नविन न्यौपानेले भुटान बाट लामो यात्र पछि आएको टिमले राम्रो संग आराम गर्न नपाउँदै मैदान छिर्न परेकोले पहिलो हाफमा गोल खान पुगेको बताए । उनले भने–“दोश्रो हाफमा खेलाडी पुरानै लयमा फर्के र काउन्टर मुभमा गोल गर्ने प्रयास पनि सफल पारे ।”
यता पराजित टिमका टिम म्यानेजर विजेन्द्र पुडाशैनीले आफ्नो टिमले खेलमा हार भए पनि उत्कृष्ट खेल पर्दशन गरेको बताए । “विरगन्जको विशाल मेमोरियलको फाइनलमा हारको बदला लिन चाहेका थियौं तर सफल भएनौ” उनले भने–“नेपाल आर्मी राष्ट्रिय खेलाडी सम्मिलित टिम हो काउन्टरमा दुई वटा गोल सेभ गर्न सकेनौ ।”
सोमबारको तेश्रो क्वाटर फाइनल खेल भारतको सिक्किम यूनाइटेड र थ्री स्टार क्लबकाबीच हुनेछ ।
Source: pokharasports.com
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला