श्यामशितल परियार, लमजुङ । यही फागुन १७ गतेदेखी २६ गतेसम्म छैटौँ लमजुङ महोत्सव हुने भएको छ ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको आईतबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराईएको छ ।
‘स्थानीय उत्पादन, सँस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी वितरण’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।
जिल्लाको कृषि, जडिबुटी, पर्यटन, जलविद्युतको साथै स्थानीय व्यापार–व्यवसायको प्रवद्र्धन गर्नका लागि छैटौँ लमजुङ महोत्सव सञ्चालन गर्न लागिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।
उनका अनुसार बेसीशहर नगरपालिका–८, दनाइँफाँटमा १० दिनसम्म लमजुङ महोत्सव चल्नेछ ।
महोत्सवमा २५० स्टल रहने छन् । महोतसवको तयारी तीव्र पारिएको उनले बताए ।
महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी, आईटी प्रदर्शनी, कृषि उपज प्रदर्शनी, पुष्प प्रदर्शनी, व्यावसायिक प्याराग्लाइडिङ, आन्तरिक पर्यटन टुर प्याकेज, जातीय संग्रहालयको प्रदर्शनी, पर्यटन सूचना केन्द्र सञ्चालन, फोटो तथा वृत्तचित्र प्रदर्शनी, स्थानीय साना तथा मझौला, उद्यमीहरुको उत्पादन प्रदर्शनी, उत्पादनमुखी मेशिन औजार प्रदर्शनी, विभिन्न किसिमका सामानहरुको व्यापारिक प्रदर्शनी हुनेछ ।
यसैगरी, महोत्सवकै अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, गृहिणी नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, गजलसाँझ र नाटक प्रदर्शनी समेत हुनेछ ।
उनका अनुसार महोत्सवकै अवसरमा फागुन १८ गते साँझ ४ बजेपछि अभया सुब्बा ब्याण्डको कन्सर्ट समेत हुनेछ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ