विराटनगर – मोरङबाट १० वर्षअघि हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । २०६५ चैत्र ३१ गते मोरङको भाउन्नेचोक नजिककै खालीचौरमा झापाको शनिअर्जुन नगरपालिका–४ का २७ वर्षीय दिपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा शनिअर्जुन नगरपालिका–२ का शरण भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मृत अवस्थामा भेटिएका पाण्डेलाई घाँटीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेका उनको हत्यारा खोज्न प्रहरी लागिरहेको थियो । प्रहरीले झण्डै १० वर्षको अवधिमा पक्राउ परेका भट्टराईले आर्थिक प्रलोभनका कारण घटना घटाएको प्रहरीले जनाएको छ ।
सवारी चालक रहेका मृतक पाण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजानका साथी रहेकाले पाण्डेको कारमा बिर्तामोडबाट इटहरीतर्फ हिँडेका भट्टराईले मोरङको पथरी बजार आएपछि कोकाकोलामा ‘स्लीपिङ पिल्स’ मिसाई खान दिएको र औषधी खाएपछि चालक पाण्डे सवारी चलाउने नसक्ने अवस्थामा पुगेपछि भट्टराईले आफैं कार चलाई घटनास्थलसम्म पुर्याएर हत्या गरेको प्रहरीको अनुसन्धानले फेला पारेको केसीले बताए ।
पाण्डेलाई धारिलो हतियार दाउले प्रहार गरी हत्यापछि कार समेत लिई भट्टराई पोखरा गएको समेत पाइएको प्रहरीले जनाएको छ । ‘पोखराकै एक ग्यारेजमा ६५ हजार रुपैयाँमा धितो राखी भारततर्फ गएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो,’ प्रहरी उपरीक्षक केसीले भने ।
घटनापश्चात् भारतका विभिन्न स्थानमा बस्दै आएका उनलाई निरन्तरको प्रयासपछि झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्ने क्रममा घटना उनले नै घटाएको भन्ने पुष्टि भएपछि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका उपरीक्षक केसीले बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख