एक जनाको ज्यान जानेगरी शुक्रबार नक्खुमा भएको बम विस्फोट घटनाको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मेवारी लिएको छ। दूरसञ्चार कम्पनी एनसेललाई लक्षित गरी भएको विस्फोटमा बाटो हिँडिरहेका सिंहप्रसाद गुरुंगको मृत्यु भएको थियो। अन्य दुई घाइते भएका थिए।
घटनाको तेस्रो दिन आइतबार नेपाल कम्युनिस्ट पार्टीका एक जना केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपाली सेवा रेडियोका लागि पत्रकार गनी अन्सारीलाई अन्तर्वार्ता दिँदै ‘क्रान्तिका दौरान यस्ता सानातिना घटना हुने र पार्टीभित्र गम्भीर रुपले समीक्षा गर्ने’, उल्लेख गरेका छन्। मोटो रकम नपाएकै कारण एनसेलमा विस्फोट गराएको भन्ने विषय उनले अस्वीकार गरे।
सो अन्तर्वार्तामा उनलाइ सोधिएको छ, ‘एउटा घर जान लागेको मान्छे घर पुगेन, अनाहकमा ज्यान गुमायो त्यसलाई सानोतिनो घटना भन्न मिल्छ? ‘जवाफमा नेता ओली भन्छन्, ‘यस्ता घटना हुनसक्छन्। बटुवा हाम्रो निसाना होइनन् लाग्न पुग्यो। त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं।’
नेता ओलीले देशका न्यायपालिका, सरकारका निकायले एनसेलको लुटतर्फ ध्यान नदिएको बरू स्वयं न्यायलय नै त्यस (एनसेल) बाट प्रभावित भएकोले बम बिस्फोट गराउनु परेको जनाएका छन्।
पार्टी राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ? भन्ने प्रश्नको जवाफ दिँदै नेता ओलीले भनेका छन्, ‘यो राज्य अन्यायपूर्ण छ भनेर वैकल्पिक र समानान्तर राज्य घोषणा गरिसकेका छौं।’ बम विस्फोटमा मान्छेको ज्यान गएको घटनापछि सरकार कारवाहीमा उत्रिए त्यसलाई नेपाली जनताले प्रतिरोध गर्ने र राज्यसत्ता स्थापना गर्ने दाबी उनको छ।
तपाइँले कुन नेपाली जनताको कुरा गर्नुभएको? विस्फोट र विस्फोटबाट ज्यान जाने घटनाको सर्वत्र भर्त्सना भइरहेको छ। के ती नेपाली जनता होइनन्? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘मुख्य काम जे गर्न खोजेको त्यसमा त्रुटिहरु हुनगयो। जुन नेपालीले ज्यान गुमाए उहाँको परिवारको राहतको लागि हामी आफ्नो तर्फबाट पनि कदम बढाउने छौं।’ नेता ओलीले प्रचण्ड बाबुरामले अनाहकमा १७ हजार मानिसको ज्यान लिएको समेत आरोप लगाए।
तपाइँहरुले भन्ने गरेको यो क्रान्तिका लागि अब कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ? जसको बलिदानीको उपलब्धिमा टेकेर तपाइँहरुले राजनीतिक स्वार्थ पूरा हुन्छ? भन्ने प्रश्नमा नेता ओली भनेका छन्, ‘यो कुरा प्रचण्ड, बाबुराम र बादलहरुलाई सोध्नुपर्छ। उनीहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्। तिनीहरुलाई सजाय हुनुपर्छ। हामी यस्ता कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं।’
मोटो रकम चन्दा माग्नुहुन्छ, नपाए विस्फोट गराउनुहुन्छ। यो कुन वाद हो? भन्ने प्रश्नमा नेता हेमन्तप्रसाद ओली भन्छन्, ‘हामी कसैबाट मोटो रकम लिनका लागि क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिरहेका छैनौं। यो भ्रमणपूर्ण कुरा हो।’
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु