पोखरा, १४ फागुन । तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ परेकोमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक अपराध मुद्दा लगाएको थियो ।
पक्राउ परेका १३ जनालाई रिहा गरेर बाँकीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो । अबदेखि कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर सोमबार विद्यार्थी थुना मुक्त भएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले जानकारी दिए ।
सार्वजनिक अपराध मुद्दा लागेका प्रदीप भट्ट, विनायक तिमल्सिना, सिपी ओझा, विनोद गिरी, विक्रम गैरे, आशीष केसी, बबिस मगर, गणेश रिमाल र लेखनाथ न्यौपाने जिल्ला प्रशासन कार्यालयमा कागज गरेर रिहा भए ।
चार दिनदेखि आमरण अनसन
यसैबीच, विद्यार्थीहरुले चार दिनदेखि आमरण अनसन जारी राखेका छन् । ९६ जनाले परीक्षा दिएकोमा १२ जनामात्र पास भएको भन्दै विद्यार्थीहरु असन्तुष्ट बनेका छन् । टपर विद्याथीृहरु समेत फेल भएकाले उत्तरपुस्तिका जाँच वा नतिजा प्रकाशनमै त्रुटी भएको भन्दै उनीहरुले यसलाई नमान्ने बताउँदै आएका छन् । लापरवाही भएकाले उत्तरपुस्तिका निशुल्क पुनस्परिक्षण गर्न विद्यार्थीहरुको माग छ ।
पोखरा विश्वविद्यालय प्रशासनले यसतर्फ गम्भिरतापूर्वक नहेरेको भन्दै तुरुन्त माग सम्बोधन गर्न आग्रह गरेका छन् । नतिजा चित्तबुझ्दो नभएसम्म अनसन जारी नै रहने उनीहरुको भनाई छ ।
https://www.facebook.com/TrollPokharaUniversity/videos/408016899767440/
सम्बन्धित समाचारः
http://gandaknews.com/result-fail/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने