पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा अन्तिम संस्कार पोखरामा शुक्रबार हुने भएको छ।
पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि भौतिक तयारी लगभग अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। श्रद्धाञ्जली कार्यक्रम, शव यात्रा र अन्त्यष्टिमा सहभागी हुन नेकपाका नेता तथा कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गरेको छ।
शवयात्रापछि आजै रामघाटमा अन्त्येष्टि गरिनेछ । अधिकारीको पार्थिव शरीरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने, रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए।

विहीबार नै शव ल्याएर शुक्रबार ८ बजेदेखि श्रद्धाञ्जलीसभा आयोजना गर्ने भनिएपनि खराब मौसमका कारण ताप्लेजुङबाट काठमाण्डौ नै शव ल्याउन ढिलाई भएकाले पोखराको कार्यक्रम पनि सरेको छ । संघीय राजधानीको टुँडिखेलमा ३ घण्टा श्रद्धाञ्जली कार्यक्रपछि शव पोखरा ल्याईनेछ ।

प्रदर्शनी केन्द्रमा शुक्रबार १ बजेपछि ४ घण्टाका लागि श्रद्धान्जली सभा आयोजना गरिएको नेकपा कास्कीले जनाएको छ । श्रद्धान्जली सभामा उप–प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री राजनीतिक सल्लाहकार विष्णु रिमाल सहितको टोली पोखरा आउने जनाइएको छ ।
श्रद्धान्जलीपछि नयाँबजारबाट महेन्द्रपुल, हस्पिटल चोक हुँदै शव यात्रा रामघाट पुग्नेछ । राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टी गरिने भएको छ ।

अहिले मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ। अबको केही समयपछि मन्त्री अधिकारीको शव पोखरा लैजाने कार्यक्रम रहेको छ।
तस्बिर सौजन्यः विश्वदर्शन पराजुली
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने