पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ पोखराको रामघाटमा अन्त्यष्टि गरिएको छ । मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।

तस्विरः सञ्जय शाक्य
यस अघि अन्तिम श्रद्धाञ्जलीका लागि मन्त्रीको शव प्रदर्शनी केन्द्रमा राखिएको थियो ।श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा पुगेको थियो ।

तस्विरः सञ्जय शाक्य
शव यात्रा अघि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता वामदेव गौतम र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्तरूपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

तस्विरः सञ्जय शाक्य
मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले समेत श्रद्धाञ्जलि दिएका थिए । श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध भएका थिए । मन्त्री अधिकारीको शबयात्रामा हजारौंको उपस्थिति रहेको थियो ।

तस्विरः सञ्जय शाक्य
यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ । मन्त्री रवीन्द्र अधिकारीको ७ दिन मात्रै काजकिरिया गरिने भएको छ। मन्त्री अधिकारीको परिवारले उनको काजकरिया ७ दिन मात्रै गर्ने जानकारी दिएको हो । १३ दिनको कर्मकाण्ड लामो हुने भन्दै मन्त्री अधिकारीले कर्मकाण्ड सुधार गर्नका लागि समिति समेत गठन गरेका थिए। मन्त्री अधिकारीकै ईच्छाअनुसार नै परिवारले सल्लाह गरेर७ दिन काजकिरिया गर्ने निर्णय गरेको पारिवारिक स्रोतले जानकारी दिएकोछ ।
https://www.facebook.com/pokhara143/videos/370354863695921/
यसअघि उनको शवलाई श्रद्धाञ्जलीका लागी प्रदर्शनी केन्द्रमा राखिएको थियो। मन्त्री अधिकारीलाई अन्तिम विदाई गर्न रामघाटमा नेकपाका नेता कार्यकर्ताका साथमा हजारौं आफन्त र सुभचिन्तक थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने