पोखरा । थ्रीस्टारले पाँचौ पटक आहा रारा गोल्डकपको उपाधि उचाल्दा आर्मी पोखराको मैदानमा चौथों पटक अभागी बन्यो । उत्कृष्ट कमब्याक गर्दै थ्रीस्टारले सडन डेथमा आर्मीलाई पराजित गर्दै उपाधि उचाल्यो ।पेनाल्टीमा ४–४ गोल भएपछि सडन डेथमा पुग्यो । सडन डेथमा विकास खवासको पेनाल्टीलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाउँदै उपाधि उचाल्ने ढोका खोले ।
थ्रीस्टारका मिचेन तामाङको पेनाल्टी गोल भएपछि पोखराको मैदानमा पाँचौपटक उपाधि उचाल्यो । पाँचौ, नवौ, ११ औं र १३ औं सस्करणको उपाधि उचालिसकेको थ्रीस्टारले गत वर्ष उपविजेता हुदाँको पीडालाई फेरी पोखराकै मैदानमै विर्सियो । गतवर्ष थ्रीस्टार नेपाल पुलिस क्लबसँग पराजित हुदैं उपविजेतामा चित्त बुझाएको थियो ।आर्मी भने फेरि चुक्यो ।
१७ औं संस्करणको आहारारा गोल्डकप सकिँदा नेपाल पुलिस, मनाङ मस्र्याङ्दी र थ्रीस्टारले समान ५ पटक उपाधि जितेका छन् । क्याराभान गोल्डकपको उपाधि सहित पुलिसले आफूलाई ६ उपाधिसहित अगाडि उभ्याएको छ ।थ्रीस्टारले पाँचौ संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पाखा लगाएको थियो । नवौँ संस्करणमा पनि मनाङ मर्स्याङ्दी, ११ औँ मा सहारा, १३ औँ संस्करणमा पुरानै प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई गरेको थियो । उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको त्रिभुवन आर्मी चौथोपटक फाइनलमा पुग्दा पनि उपाधि चुम्नबाट बञ्चित भयो । सातौँ, आठौँ र १४ औँ संस्करणको प्रतियोगितामा आर्मी फाइनलमा पुगेको थियो । सातौं र आठौंमा नेपाल पुलिस, १४ औँ संस्करणको प्रतियोगितामा मनाङ म्स्याङ्दीसँग आर्मी पराजित भएको थियो ।
पेनाल्टी सुटआउटमा आर्मीका लागि विकेश कुथुको प्रहारलाई एलन न्यौपानेले सेभ गरे । थ्रीस्टारका शुशिल राईले पेनाल्टीलाई क्रसबारमा लागेर फर्किएपछि निर्णय सडन डेथमा पुगेको थियो । त्यसभन्दा अघि पेनाल्टीमा आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको गोल भएको थियो । थ्रीस्टारको तर्फबाट रन्जित धिमाल, रुपेश केसी, विक्रम लामा र अनन्त तामाङको पेनाल्टी गोल भएको थियो ।
शनिबार दर्शकले भरिएको पोखरा रंगशालामा भएको फाईनल प्रतिस्पर्धा निकै रोचक तर तनावपूर्ण रह्यो । निर्धारित समय र थप गरिएको समयमा आर्मीले बनाएको अग्रतालाई गुमाउन पुग्यो । पाँचौ मिनेटमा गोल गर्दै थ्रीस्टार विरुद्ध अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा थ्रीस्टारले गोल फर्काउँदै लयमा फर्कियो । दिपक गुरुङको लामो क्रस बललाई टेकबहादुर बुढाथोकीले हानेको हेडिङ फष्टबारबाट भित्र छिरेपछि आर्मीले खुशीयालाी मनायो । तर उनै दिपक गुरुङको डिबक्सभित्र पेनाल्टी क्षेत्रभित्र ह्याण्ड भएपछि पेनाल्टी पाएको थ्रीस्टारले बराबरी गर्दै खेल रोमाञ्चक बन्न पुग्यो । रन्जित धिमालले गोल गर्दै खेल पहिलो हाफमा बराबरीमा ल्याएका थिए ।
निर्धारित समयपछि ३० मिनेटको समय थपियो । थपिएको समयको पहिलो हाफको अन्तिम मिनेटमा आर्मीले फेरी अग्रता लियो । १०५ औं मिनेट (९० + १५ मिनेट) गोल गर्दै अग्रता बनाउने क्रममा फ्रिकिकलाई सदुपयोग गर्यो । सन्तोष तामाङले हानेको फ्रिकिकलाई थ्रीस्टारका कप्तान विक्रम लामाको हेडटच हुदैं बल भित्र छिरेपछि आर्मीले फेरी अग्रता बनाउँदै जित तर्फ उन्मुख हुने अपेक्षा गर्यो । तर २२ औं मिनेटमा थ्रीस्टारले पाएको फ्रिकिकलाई गोल गर्दै आर्मीमाथि दबाव बनाईराख्यो । रन्जित धिमालको फ्रिकिकलाई फरवार्ड मार्टिनको फ्लिक हेड क्रसबार ठोक्किदैं भित्र छिरेको थियो ।
बराबरी गोल गर्नुअघि रुस्लान थ्रीस्टारले भने भरपर्दा खेलाडी सुनिल बललाई रातो कार्ड खाँदै बाहिरिएसँगै दश खेलाडीमा सीमित भएको थियो ।
आर्मी/अफिसियलको गम्भीर लापरवाही, आर्मीले खेल जितेको भएपनि उपाधि थ्रीस्टारलाई नै
आर्मी र अफिसियलले थ्रीस्टारसितको फाईनलमा गम्भीर त्रुटि गरेको छ । अतिरिक्त समयको दोस्रो हाफको फ्रिकिक हान्नु अघि आर्मीले गल्ती गर्यो । प्लेईङ लिष्टमा नभएको प्लयेरलाई मैदानमा उतारेपछि आर्मी दश खेलाडीमा सीमित हुन पुग्यो । नन प्लेईङको सूचीमा रहेको आशिष शाक्यलाई मैदान छिराएपछि रुस्लान थ्रीस्टारले विरोध गरेको थियो । उनी सेसाङ आङदाम्बेको स्थानमा ९१ औं मिनेटमा मैदान छिरेका थिए ।
थ्रीस्टारको विरोधपछि रेफ्री सुदेश पाण्डेले उनलाई कप्तान भरत खवाससँगको छलफलपछि मैदान बाहिर पठाएका थिए । प्लेईङ खेलाडीको सूचीमा नभएका शाक्यले छिरेपछि थपिएको पहिलो हाफको अतिरिक्त समयमा पाएको फ्रिकिक हान्नलाई केही ढिला हुन पुगेको थियो । अफिसियलले बैकल्पिक खेलाडी मैदान छिराउँदा ध्यान नदिदाँ लापरवाही देखिएको हो । अफिसियलले नै हेर्नुपर्छ अवस्थामा फोर्थ अफिसियलले नहेरी खेलाडी मैदान छिराउनु गम्भीर गल्ती भएको टिप्पणी फुटबलप्रेमीले गरेका छन् ।
यस्तो अवस्थामा आर्मीले खेल जिते पनि त्यसको मान्यता भने हुने थिएन । आशिष शाक्य मैदान छिराइसकेकाले यस्तो खेलमा आर्मीले जति गोल गरेर थ्रीस्टार हारेको भएपनि फिफा नियमानुसार नतिजा थ्रीस्टारको पक्षमा हुने थियो ।
आर्मी प्रशिक्षक नविन न्यौपानेले आफूहरुको गल्ती भएको स्विकार्दै रेफ्रीले समयमै जानकारी दिनुपर्नेमा त्यसो नभएको बताए । आर्मीको गल्तीले उसले खेल जितेको भएपनि उपाधि आफूहरुकै हुने भएपनि खेलेर समेत जितेको बताए ।
यी हुन् विधागत उत्कृष्ट
उत्कृष्ठ खेलाडी थ्रीस्टारका गोलकिपर एलन न्यौपानेलाई अप्रिला स्कुटर प्रदान गरिएको छ । फाईनल खेलको म्यान अफ दि म्याचको पुरस्कार थ्रीस्टारका गोलकिपर न्यौपानेले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार रुस्लान थ्रीस्टारका अनिल गुरुङ (३ गोल, ह्याट्रिक सिक्किम युनाईटेड विरुद्ध) घोषित हुदैं २५ हजार रुपैयाँ प्राप्त गरे । फेयर प्लेको ट्रफीसहित नगद १० हजार रुपैयाँ एपीएफ क्लबले पाउन सफल भएको छ । उत्कृष्ट स्ट्राइकरबाट आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर आर्मीकै सन्तोष तामाङ, उत्कृष्ट डिफेन्डर आर्मीकै विमल पाण्डे, उत्कृष्ट गोलकिपर थ्रीस्टारका एलन न्यौपाने र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसीलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरियो । प्रतियोगिताको विजेता थ्रीस्टारले ८ लाख १ हजार, उपविजेता आर्मीले ४ लाख १ हजार साथमा ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यच सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । सहारा क्लबद्वारा आयोजित प्रतियोगितालाई डेढदशकदेखि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।
तस्विरः जक्सन डटकम
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)