दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल भारतकै सबैभन्दा ठूलो र विश्वमै ठुला विमानस्थलको सूचिमा रहेको विमानस्थल हो । यस विमानस्थलको नाम इन्दिरा गान्धीको स्मरणमा नामाकरण गरियो । राजा त्रिभुवनको नामबाट नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरियो । गौतम बुद्ध नाममा एयरपोर्ट बन्दैछ । व्यक्तिका नामहरुमा धेरै एयरपोर्ट छन्, यी त एक दुई उदाहरण मात्रै हुन् । अब पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्ने आवाज जनस्तरमा उठिसकेको छ ।
पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि एक वर्षको छोटो अवधिमै रविन्द्र अधिकारीले उड्डयन क्षेत्रमा ठूलो कामको थालनी गरिसकेका छन् । भिजिट नेपाल २०२० लाई सफल पार्ने एकमात्र ध्येयका साथ अघि बढेका अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अन्य ६ जना सहित ज्यान गयो । अब अधिकारीको स्मृतिमा गृहनगरको एयरपोर्ट उनकै नाममा राख्नुपर्ने आवाज उठेको हो ।
उसो त पोखरा विमानस्थल बनाउने उनले वर्षौं अघिदेखि नेतृत्वदायी भूमिका खेले । विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक भएर लामो समय अगुवाई गर्ने व्यक्ति उनै हुन् । पछिल्लो समय उनकै स्थानीय संयोजनमा विमानस्थल निर्माणका लागि मुआब्जादेखि निर्माण कार्य अघि बढेको छ । हरेक पटक पोखरा आउँदा उनी प्रगति विवरण बुझ्न आफै फिल्डमा जान्थे । सम्पर्कमा रहिरहन्थे ।
पोखरा पर्यटन परिषदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई रवीन्द्र अधिकारीको नामबाट राख्न अनुरोध गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलद्वारा जारी विज्ञप्तिमा पोखराको धरोहर स्वर्गीय रवीन्द्र अधिकारीको सम्मान र देशले गुमाएको पीडालाई भुल्न सघाउ पुग्ने भन्दै अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गर्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकासँग अनुरोध गरिएको छ ।
पर्यटन क्षेत्रमा अलुलनीय योगदान दिएका मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को घोषणा, आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै मन्त्रालयमार्फत अगुवा भूमिका निभाएका विकास प्रेमी नेताको निधनमा सिंगो देश शोकमग्न बनेको विज्ञप्तिमा उल्लेख छ । उनको निधनपछि पोखराका पत्रकार सञ्जय मल्लले भावनाको बहकाउ नभएको भन्दै उनकै नाममा विमानस्थलको नामाकरण गर्न सुझाए ।


http://gandaknews.com/r-adhikari/
http://gandaknews.com/airport-rabindra/
http://gandaknews.com/pkr-airport-plane/
http://gandaknews.com/rabindra-adhikari/
http://gandaknews.com/rabindra-adhikari-prachar/
http://gandaknews.com/rabindra-adhikari-plan/
http://gandaknews.com/rabindra-minister-2/
https://www.facebook.com/RabindraAdh/videos/1445185918918717/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो