फेवातालमा प्याराग्लाइडिङ खस्दा राेमानियाली नागरिक गम्भीर घाइते, तत्काल सशस्त्र प्रहरीबाट उद्धार

फेवातालमा प्याराग्लाइडिङ खस्दा राेमानियाली नागरिक गम्भीर घाइते, तत्काल सशस्त्र प्रहरीबाट उद्धार

paragliding dubeko

फाइल फोटो

पोखरा । सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा प्यारापाइलट घाइते भएका छन् ।
घाईते हुनेमा अन्दाजी ४० वर्षका ईदे सिस जेर (Ede csis zer) रहेको शसस्त्र प्रहरी विजय चापागाईँले जानकारी दिए ।

पूर्वान्ह ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा ११ बजेर २० मिनेट जाँदा तालमा खसेको थियो । तालमा खसेको प्याराग्लाडिङको उद्धारका लागि बाराही घाटमा अवस्थित मोटर बोट सहित पुगेको सशस्त्रको उद्धार टोलीले उद्धार गरेको हो ।

उद्धारमा स्थनीय डुङ्गा व्यवसायीले पनि सहयोग गरेका थिए । दुर्घटनामा घाईते भएका प्यारा पाईलटलाई मेट्रोसिटी अस्पताल पोखरामा लगिएको छ । उनको हाल आकस्मिक कक्षमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको बताईएको छ । हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

कडा न्यूजबाट । फाइल फाेटाे

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ