गण्डक न्यूज पोखरा, १९ फागुन । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ ढिकुरपोखरी घर भएकी दिव्या अधिकारी पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोक बसेर यहाँ पढ्दै आएकी थिईन् । नर्सिङकी विद्यार्थी उनी आइतबार बिहानै फेवातालमा तैरिरहेको अवस्थामा मृत भेटिइन् । स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर ग¥यो । वडा प्रहरी कार्यालय बैदामको टीम घटनास्थल पुग्यो ।
एकाबिहानै १९ वर्षीया किशोरीको शव भेटिएपछि धेरैले हत्या नै भएको हो कि ? आशंका गरे । तर, प्राप्त प्रमाणले भने हत्या नभई आफै हामफालेको देखिएको श्रोत बताउँछ । उनले चढेको स्कुटर नजिकै थियो । चाबी पनि स्कुटरमै थियो । डिक्कीमा पर्स, रेनकोट मिलाएर राखेको भेटिएको थियो । परिवारले भने पेट्रोल हाल्नुछ भन्दै निस्किएको बताएका छन् ।
ज्याकेट र पाइन्ट लगाएकी दिव्याको ज्याकेटको खल्तीमा सानो कागजको टुक्रा भेटिएको छ । जसलाई उनले टेपले बेरेर राखेकी थिईन् । टेप उप्काएर हेर्दा त्यहाँ फोन नम्बर भेटियो । जुन फोन नम्बर उनको अंकलको भएको श्रोतले बतायो ।
दिव्याको कोठामा पाना च्यातिएको कापी र ज्याकेटको खल्तीमा भेटिएको कागज आपसमा मिलेको भेटिएकाले उनले आफै ज्यान फालेको निश्कर्षमा प्रहरी पुगेको छ । तर, अंकलको नम्बर किन लेखिन् ? प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रारम्भिक अनुसन्धानमा आफ्नो शव पहिचानमा परिवारका सदस्य भेटिन सहयोग पुग्ने ठानेर अंकलको नम्बर नभिज्ने तबरले टेप लगाएर फेवातालमा हाम्फालेको हुनसक्ने अनुमान छ ।
उनले एकाबिहानै किन यस्तो गरिन् ? प्रहरी अनुसन्धानमै छ । यस विषयमा हालै बैदाम प्रहरी कार्यालयको नेतृत्व सम्हालेका डिएसपी कोमल शाहलाई सम्पर्क गर्दा शव उठाएर लगेपछि जिल्लाले नै हेरेको भन्दै यस विषयमा पछि आफूलाई थाहा नभएको र प्रवक्तासँग सम्पर्क गर्न सुझाए । कास्की प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङलाई सम्पर्क गर्दा फोन उठेन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गरिएको र आफन्तले बुझेको डिएसपी शाहले बताए ।
http://gandaknews.com/divya/
सोलो प्यारापाइलटको फेवातालमै मृत्यु
फेवातालमा आईतबार नै प्याराग्लाईडिङ दुर्घटना हुँदा घाईते भएका रोमानियाली नागरिकको मृत्यु भयो । ब्लु स्काई प्याराग्लाइडिङबाट उडेका ४२ वर्षीय सोलो पाइलट एबे चिस जेर ल्याण्डिङको क्रममा सन्तुलन गुमाउँदा फेवातालमा खसेका थिए । मेट्रो सिटी हस्पिटल पुग्ने बित्तिकै मृत घोषणा गरिएको थियो । उनीहरु नौ जनाको समूहमा रहेको र दिनहुँ अभ्यास गरिरहेको प्रहरी बताउँछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो