पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो सार्वजनिक गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको नयाँ लोगो पोखराका सन्दिप तिवारीले तयार पारेका हुन् । अन्य पाँच सय ७० लोगोमध्ये उत्कृष्ट ठहरिएको लोगो डिजाइनकर्ता सन्दिपलाई ५० हजार नगदका साथ पुरस्कृत गरियो ।
नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यस अघि बिस २०६२–६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।
एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । तिवारीले आफ्नो डिजाइन उत्कृष्ट बन्दा खुशी लागेको बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्यौपाने लगायतले लोगो सार्वजनिक गरे ।

सो अवसरमा रातो र निलो कलरको राष्ट्रिय जर्सी, फुटबल गीत पनि सार्वजनिक गरेको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल खेल्ने
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो