काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा रहेको छ । तर, लोगो रहेको स्थानहरु परिवर्तन भएको छ । यस्तै जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ ।
यसअघि रहदै आएको जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डा रहेको थियाे । अब उक्त स्थानमा एन्फाकाे लाेगाे हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीकाे पछाडी हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो । नयाँ जर्सी एन्फाको आधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । एन्फाले केल्मीसंग दोस्रो पटक प्रायोजन सम्झौता गरेको छ । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीकाे नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्याैपाने लगायतले सार्वजनिक गरे ।
तर, नयाँ जर्सी सार्वजनिक भएसँगै आकर्षक नभएको भन्दै प्रतिक्रियाहरु नकारात्मक आइरहेका छन्। सामाजिक सञ्जालमा सकारात्मक कमेन्ट भन्दा नकारात्मक कमेन्ट बढी आएका छन् । डिजाइन र उज्यालो रंग नभएको उनीहरुको प्रतिक्रिया छ ।
यस्तै, एन्फाले फुटबल टिमको गीत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो ।


http://gandaknews.com/anfa-logo/
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो