पोखरा । गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई बुधबार बेलुकी कास्की प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्धा दर्ता भएकाले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक अध्यक्ष खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, कलेजका कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरे विरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएको छ ।
झण्डै डेढ महिनादेखि आन्दोलित विद्यार्थीको माग अझै पूरा भएको छैन । उनीहरुले परीक्षा समेत गुमाए भने आन्दोलन पार नलाग्ने देखेर ठगी मुद्धामा उजुरी गर्न बाध्य भएका थिए । मंगलबार विद्यार्थीले उजुरी दर्ता गरेका थिए । माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले ८ लाखदेखि १५ लाखसम्म बढी तिर्नुपरेको बताउँदै आएका छन् । रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । यस सम्बन्धमा आवाज उठाउँदा कलेज सञ्चालकले धम्काउने गरेका थिए ।
यस सम्बन्धमा एक महिनाको अवधिमा २ वटा समिति पनि गठन भएर छानबिन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले प्रतिवेदन बुझाइसकेको छ । डा. ओम बरालको नेतृत्वको छानविन टोलीपछि प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ । यो टोलीले पोखरा आएर छानबिन गरिरहेको छ । तर, विद्यार्थीहरु भने कलेजकै सुविधा लिएर गरिएको छानविन टोलीप्रति आशंका व्यक्त गर्छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने