आफूलाई ‘भर्जिन’ बताउने र कहिले पनि प्रेमी नबनाएको दाबी गर्ने एक युवतीले रहस्यमयी तरिकाले बच्चालाई जन्म दिएकी छिन् ।
चीनको गुइयाङकी २० वर्षे महिला पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् ।
डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन ।
घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् ।
गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे फेब्रुअरी १५ तारिखमा समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो ।
ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए ।
जब डाक्टरले उनी गर्भवती भएको बारे जानकारी दिए, २० वर्षे ती युवतीले भनिन्, ‘असम्भव, म कुनै पनि हालतमा गर्भवती हुन सक्दिनँ ।’
नाम नखुलाउने शर्तमा डाक्टरले मिरर डट को डट युकेलाई भने, ‘उनले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन् । यो निकै चकित पारिदिने खालको थियो ।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु