पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा क्लब ९९ रहेको घरमा लागेको आगोले आधा दर्जन व्यवसायमा क्षति पुगिसक्यो तर अझै आगो नियन्त्रणमा आउन सकेको छैन । एक घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको हो ।
शुक्रबार राति ९ बजेपछि हल्लनचोक स्थित बर्गर क्याफेबाट आगलागी सुरु भएको स्थानीयल बताएका छन् । सिलिण्डर पड्किएर आगो लाग्न सुरु भएको उनीहरुको भनाई छ । आगो नियन्त्रणमा आउन नसक्दा एक पछि अर्को व्यवसायमा क्षति पुगेको छ । माथिल्लो तल्लामा रहेको क्लब ९९ पुरै ध्वस्त भएको छ । पोखरा माउन्टेन बाईक, माछापुच्छ्रे तन्दुरी, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्टमा आगलागीले क्षति पुगेको छ ।
आगो नियन्त्रणको लागि स्थानिय, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र पोखरा महानगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।
खै दमकल ?
पोखराको हल्लनचोक सडक छेवैमा रहेको घरमा आगलागी हुँदा समेत दमकलको कारण क्षति पुग्नु भनेको पोखरा महानगरपालिका कार्यालयका लागि लज्जाको विषय हो । एक त २५ मिनेटपछि मात्र एउटा दमकल पुगेको र त्यो दमकलको पानीले केही पनि नभएको भन्दै स्थानीय रुष्ट छन् ।
आगो दनदनी दन्किएर फैलिएपछि अरु धेरै घरहरुमा एकपछि अर्को गरी आगो फैलने डरले स्थानीय आत्तिएका थिए । एउटा दमकल पुगेर आगो निभाउन प्रयास गरेपनि पर्याप्त भएन । सो दमकल पानी लिन फर्कदाँ अन्य दमकल खै त ? सडक छेवैमा आगो लाग्दा समेत निभाउन सक्ने सामथ्र्य पोखरा महानगरपालिकासँग रहेनछ । पूर्व तयारी कस्तो रहेछ त ? यहीं स्पष्ट हुन्छ ।
http://gandaknews.com/club-99/
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ