काठमाडाैं- ताप्लेजुङ हेलिकाेप्टर दुर्घटना छानबिनका लागि सरकारले गठन गरेकाे उच्चस्तरीय छानबिन समितिले घटनास्थलकाे अवलाेकन गरेकाे छ।
घटनास्थलकाे हेलिकाेप्टरबाट अवलाेकन गरिएकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। माैसमका कारण दुर्घटनास्थलमा हेलिकाेप्टर अवतरण गर्न नसकेपछि ‘एरियल भ्यू’ मार्फत नै साे क्षेत्रकाे अवलाेकन गरेकाे उनले बताए।
‘माैसमका कारण हेलिकाेप्टर दुर्घटना भएकाे तारेभिरमा ल्यान्ड गर्न सकेन’, उनले भने, ‘तर, हामीले घटनास्थलकाे नजिकबाटै अवलाेकन गर्याैं। करीब ३/४ पटक नै हेलिकाेप्टरलाई साे क्षेत्रकाे नजिकै लान लगाएर त्यहाँकाे अवस्था हेरेका थियाैं।’
पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गएकाे छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पाटपुर्जा र प्रमाण नभेटिएकाे निष्कर्षसमेत निकालेकाे छ। ‘दुर्घटनास्थलमा छानबिनका लागि आवश्यक पर्नेजस्ताे केही पनि देखिएन। हेलिकाेप्टरकाे पछाडिकाे भाग मात्र बाँकी रहेकाे पायाैं। जुन अनुसन्धानका लागि उपयाेगी रहँदैन’, सदस्यसचिव लामिछानेले भने।
समितिले घटनास्थलकाे प्रकृति तथा स्थानीयहरुसँगकाे कुराकानीका आधारमा दुर्घटना माैसमकै खराबीका कारण भएकाे हुनसक्ने प्रारम्भिक अनुमान गरेकाे छ। टाेलीले चुहानडाँडा, पाथीभरालगायतका स्थानीय तथा प्रत्यक्षदर्शीसँग पनि कुराकानी गरेकाे छ।
गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेकाे थियाे। दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारी अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकाेप्टरका पाइलट प्रभाकर केसी निधन भएको थियो।
साेही दुर्घटनाकाे अनुसन्धानका लागि सरकारले पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा सहायक रथी दिपक प्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य तथा उपसचिव लामिछाने सहसचिव रहनेगरी छानबिन समिति गठन गरेकाे थियाे।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’