अश्विन दानी, पोखरा । सरकारले बिकास र समृद्धिको जग बसालिसकेको दाबी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको सतही बिरोध नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
सोमबार रुपा गाउँपालिकामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरकारले अहिलेसम्म गरेका सबै काम सुरुवात मात्रै भएकाले बिकास भएन भनेर बिरोध गर्नुको औचित्य नभएको प्रस्टाएका हुन् ।
‘कसैले पनि सरकारले राम्रो काम ग¥यो भनेर भनेको मैले आजसम्म सुनेको छैन’ मुख्यमन्त्री गुरुङले भने, ‘जो मान्छे अलि जान्ने बुझ्ने जस्तो देखिनुहुन्छ उहाँहरुले नै जहिल्यै भन्नुहुन्छ, खै प्रदेश सरकारले काम गरेको रु अब बुझ्नुस । कोही मान्छेको पनि एक दिनमै जन्म हुँदैन । जो कोही पनि धर्तीमा झर्नका लागि नौ महिना आमाको गर्भमा बस्नै पर्छ ।’ गण्डकी प्रदेश सरकार पनि अहिले गर्भमै रहेकाले बिकास र मृद्धि यति छिटै नहुने मुख्यमन्त्री गुरुङको भनाई छ ।
‘मान्छे जस्तै हामि अहिले गर्भमै छौँ । यसको मतलब बिकास र समृद्धिको जगहरु खन्दै छौँ’ मुख्यमन्त्री गुरुङले भने, ‘अहिले हामी प्रदेशलाई आबश्यक योजनाहरु बनाउँदै छौँ । कानुनहरु बनाउँदै छौँ । अबको पाँच बर्षमा हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर पञ्चबर्षीय योजना, अबको १२ बर्षपछि हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर १२ बर्षीय योजना र अबको २५ बर्षपछि हामीले हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर २५ बर्षीय योजना बनाउँदै छौँ ।’
उनले थपे, ‘ती सबै कुराहरु तँपाई हामी सबैले प्रत्यक्ष रुपमा भोग्न पाउने कुरा हैन । तर, भोलिका लागि अहिल् हामीले कामको जग खन्नु पर्नेछ । भौतिक—पुर्वाधारको जग खन्नु पर्नेछ । निति नियमको जग खन्नु पर्नेछ । बिभिन्न योजनाहरुको जग खन्नु पर्ने छ । तसर्थ तँपाईहरुले हतार नगर्नु होला । हामिले काम गरीसकेपछि प्रदेश सरकारले गरेको बिकास कहाँ छ भनेर खोज्नु होला ।’
पाँच बर्ष भित्रै प्रदेशलाई सम्बृद्ध बनाउन सबै क्षेत्रमा भौतिक पुर्वाधार पु¥याउने उनको भनाई छ । ‘पाँच बर्ष भित्रै हामीले सबै जनताको घरघरमा खानेपानी बिजुली पु¥याउँछौँ । हरेक गाउँ गाउँमा सडक पु¥याउँछौँ । हरेक गाउँ गाउँमा स्वास्थ्य चौकी पु¥याउँछौँ र सबै जनताकोे आर्थिक बृद्धिदर बढाउँदै उनीहरुलाई धनी बनाउँछौँ ।’
उनले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र खुल्नुपर्ने पनि बताए । गाउँमा कृषि क्षेत्रमा विकासका लागि राम्रो योजना ल्याए आफूले सहयोग गर्ने उनको भनाई थियो ।
स्थानीय तह स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाले आयोजना गरेको प्रादेशिकस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा समापन अवसरमा प्रमुख आतिथ्यता गर्दे उनले गाउँपालिका स्थानीय सरकार भएकाले जनताले सहज सुविधा पाउनुपर्ने बताए ।
सो अवसरमा रुपा गाउँपालिकाको लोगो पनि सार्वजनिक गरियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ८ लाख कर उठ्ने गाउँपालिकामा अहिल्यै तेब्बर उठिसकेको जनाउँदै अब यसलाई बढाउँदै लैजाने तर जनतालाई करको भार भने नथुपार्ने बताए । उनले यहाँकै स्रोत साधनको उचित सदुपयोग, जग्गा बाँझो राख्नेसँग बाहेक नागरिकलाई समस्यामा नपारेको बताए ।

http://gandaknews.com/bhimat-gaupalika/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने