पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति रहेको बताएका छन् । उनले राउतका पछिल्ला गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने समेत माग गरे ।
मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले दपृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए । ’राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन्। मूलधारमा आएको भए त्यस्तो भन्थे?,’ देउवाले भने, ’हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं। तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको छु। यसको खिलापमा हामी जान्छौ।’
सहमतिको हस्ताक्षरकर्ता राउतले नै जनमत संग्रह गर्न सरकार तयार रहेको भन्दै सार्वजनिक रुपमा भन्दै हिँडेको भन्दै मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने माग गर्ने राउतले राष्ट्रघाति कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे ।
सरकारको एक वर्षको काम पनि निराशाजनक भएको भन्दै उनले सरकार संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए । सरकारले एक वर्षको अवधिमा एउटै देखाउन लायक राम्रो काम नगरेको आरोप उनको छ । बरु स्थानीय तहको अधिकार खोस्न थालेर अधिनायकतर्फ जान खोजेको उनको भनाइ छ।
फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोजिएको र यो प्रजातन्त्रमाथिको अर्को आक्रमण रहेको उनले दाबी गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति इंगित गर्दै उनले हत्या, हिंसाको राजनीति गर्नेलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन