पोखरा । पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरको आदेशलाई वेवास्ता गर्दै एक हप्तासम्म पनि कर बुझाउन अटेर गरेको छ ।
गत हप्ता महानगरले महानगरभित्र सञ्चालित सबै प्याराग्लाईडिङ कम्पनीलाई दर्ता नविकरण गर्न दिएको एक हप्ताको समय सकिएपनि कम्पनीहरुले अहिलेसम्म उक्त आदेशलाई अटेर गरेका हुन् ।
‘अधिकांस महानगरमा उपस्थीत भएका छैनन्’ महानगर बरिष्ठ आलेप अधिकृत रामनाथ उपाध्यायले भने, ‘कुनै कम्पनीहरु त सम्पर्कमै आएका छैनन् । सम्पर्कमा आएका कम्पनीहरुले कर तिछौँ भनेका छन् ।’
अधिकांस कम्पनीले २०७२ सालदेखि नै महानगरमा स्वीकृती बिना प्याराग्लाईडिङ उडाईरहेका छन् । प्रत्येक कम्पनीले ८६ हजारका दरले कर बुझाउन बाँकी रहेको अधिकृत उपाध्यायले बताए ।
गत हप्ताको मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी सहित एकहप्ता भित्रै कर तिर्न भनेको म्याद सकिँदासम्म १० वटा कम्पनीले मात्रै कर तिरेका छन् ।
कर बुझाउने कम्पनी मध्यमा माउण्ट भ्यू प्याराग्लाईडिङ, मुनाल, ब्लु स्काई, हिमालय मिसन टु हिमालय, पिस हिमालय, फिनिक्स प्याराग्लाईडिङ एण्ड एडभेञ्चर, टिम फाईभ नेपाल, न्यू प्यारा प्रालि, अल्ट्रालाईट प्याराग्लाइडिङ र फ्लाई निर्वाणा प्याराग्लाईडिङ कम्पनीले मात्रै हालसम्म कर बुझाएको महानगरले जनाएको छ ।
‘हप्ता दिनमा १० वटा कम्पनीले मात्रै महानगरमा कर बुझाए । बाँकी केही कम्पनी सम्पर्कमा आएका छन्, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले भने, ‘अझै पनि कर नतिर्ने धेरै कम्पनी बाँकी नै छन् । एक दिन म्याद थप्ने कुरा भैरहेको छ ।’
उनका अनुसार ५६ वटा कम्पनी दर्ता रहेको पोखरामा ४० हाराहारीमा मात्रै सक्रिय छन् ।
महानगरले दिएको समयमा कर नतिर्ने कम्पनीलाई म्याद थप गरी तिर्न लगाउने वा कारवाही गर्ने भन्ने बिषयमा बुधबार (आज) बसेको बैठकबाट मात्रै निर्णय हुनेछ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ