रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / पोखराको छोरेपाटनबाट केहि टाढा, एकान्त र रमणीय स्थान । पुम्दीभुम्दी लुकुमस्वाँरा स्थित भिरालो पाखा । सुविधासम्पन्न होटलकै झल्को दिने संरचना चिटिक्क पारिएको छ । केही दर्जन युवायुवतीहरु फुरुक्क छन् । आमन्त्रण गरिएका पाहुनालाई चिसो पेय पद्धार्थ दिएर गेटबाटै स्वागत गर्दै छन् । पाखोबारीमा खानका लागि व्यवस्था छ । उनीहरु कोहि पेयपद्धार्थ हाल्दै छन्, कोहि मःम, समोसा देखि विभिन्न थरीका मासु पोल्न ब्यस्त छन् ।
बुधबार अपरान्ह पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दीभुम्दीको लुकुमस्वाँराको कच्ची सडकमाथि पाखोमा यस्तै चहलपहल देखियो । सुविधासम्पन्न रेष्टुरेन्ट जस्तो यो संरचना व्यवसायिक रेष्टुरेन्ट भने होईन । होटल रेष्टुराँमा काम गर्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालानार्थ यहाँ यस्तो संरचना बनेको हो । बुधबार अतिथिलाई स्वागतार्थ खाने परिकारहरु सबै त्यहाँ तालिमरत प्रशिक्षार्थीहरुले नै बनाउँदै थिए ।

बालअधिकारको क्षेत्रमा क्रियाशील संस्था राईट फर चिल्ड्रेनको यो भवन कठिन परिस्थितिमा रहेका युवाहरुलाई होटल तालिम कार्यक्रम सञ्चालानार्थ प्रयोग हुनेछ । अहिले यसको सबै व्यवस्थापन राईट फर चिल्ड्रेनको सहकार्यमा काठमाण्डौं स्थित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजले लिएको छ । उसकै प्रशिक्षण र व्यवस्थापनमा अब होटलसम्बन्धी सम्पूर्ण कक्षाहरु सञ्चालन हुनेछ । तर विपन्न विद्यार्थीलाई लक्षित गरी यहाँ यसरी तालिम स्थल बनेको हो । सात रोपनी जग्गामा दुई करोड लागतमा त्यहाँ भवन लगायतका संरचना ठडिएको छ । सम्पूर्ण लागतको जिम्मा ओएनजिडी फनेल नामक संस्थाले लिएको छ ।
राईट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलका अनुसार हाललाई ३५ जना विपन्न परिवारका विद्यार्थीहरु अहिले तालिमरत छन् । केहि समयमै पाँच जना थपिनेछन् । पोखरा लगायत स्याङ्जा काठमाण्डौंदेखिका विद्यार्थीहरु त्यहाँ छन् । पारिवारिक पृष्ठभूमि निकै दयनीय रहेका, १८ वर्षदेखि २५ वर्ष उमेर समूहका, पढ्न नसकेका युवायुवतीले विपन्न सिफारिस पत्रका साथ सम्पर्क गर्नुपर्नेछ । जति पढेको भएपनि मान्य हुनेछ ।

होटल तथा हस्पिटालिटी अन्तर्गत कुक, वेटर लगायत सम्पूर्ण कोर्स हुन्छ । तीन महिनाको आधारभूत तालिमसँगै ६ महिना होटलमा नै लगेर प्रयोगात्मक तालिम हुनेछ । भविष्यमा साझेदार होटल मुभनपार्क होटल एण्ड रिसोर्ट अन्तर्गतका विभिन्न देशका होटलमा समेत काम गर्ने अवसर पाईनेछ । यो होटल गल्फ देशहरुमा फैलिएको निकै चर्चित होटल हो ।
राईट फर चिल्ड्रेन बाल शिक्षा, संरक्षण र जिविकोपार्जनमा समर्पित छ । बालमैत्री विद्यालय स्थापना, भूकम्प प्रभावित क्षेत्रमा विद्यालय निर्माण देखि जिविकोपार्जन अन्तर्गत यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गेट कलेजकी योजना निर्देशक मेघा श्रेष्ठ प्रधानले भविष्यमा रेष्टुराँ नै सञ्चालन गर्ने बताईन् । प्रशिक्षार्थीलाई व्यवहारिक सीपको लागि यो खाँचो हुने र पोखराबाट केहि टाढा गाउँ जस्तो लाग्ने रमणीय स्थानमा राम्रो तरिकाले रेष्टुराँ चल्नेमा आफू आशावादी रहेको उनले सुनाईन् ।
भवनको बुधबार एकसमारोहबीच औपचारिक शुभारम्भ गरियो । कार्यक्रममा मुभनपिक होटल एण्ड रिसोर्टका अध्यक्ष तथा सिईओ जिन ग्याब्रेल पेरेस, राईट फर चिल्ड्रेनका डुगलस म्याग्लागन, ओएनजिडी फेनलका बोर्ड मेम्बर पल गेडिट्ज लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह