रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए ।
शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले भने खण्डन गरेको छ ।

गत कार्तिक १० गते शुक्रबार बेलुकी जिएमसी पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । मृत्युको खबरपछि आक्रोशित आफन्तले शुक्रबारदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । अस्पतालनै बन्द गरेका उनीहरुले पछि मात्रै खोलेका थिए । कास्कीका सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनीहरुको गुनासो छ ।
आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। शल्यक्रिया डा. टीका गुरुङको टीमले गरेको जेठाजु राजन अर्यालले बताए । अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार मध्यान्ह ठूलो हुलले अस्पताल गेटबाट भित्र छिरी तालाबन्दी गर्ने प्रयास असफल भयो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर पनि जलाए । प्रहरीले पछि निभाएका थिए । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुई जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुखहरु समेत आएर भिड तितरबितर बनाएका थिए ।
आक्रोशित भिडले प्रहरी र सिडिओ विरुद्ध नाराबाजी लगाउँदै अस्पताल प्रशासनसँग मिलेमतो गरेको आरोप लगाए । सवारी चलाएको भन्दै पत्रकारमाथि पनि केहि उच्छ«ंखल भिडले दुव्र्यवहार गरेका थिए । पाका व्यक्तिहरु आएपछि घटना साम्य भयो ।
पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् । सकुशल जन्मेका छोरा पोखरा नागढुंगा स्थित आफन्तकहाँ छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुन सकेको छैन । सहमति नभएसम्म शव नबुझ्ने उनीहरुले बताएका छन् ।
अघिल्लो समाचार
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु