बजाज मोटरसाइकलले भारतीय बजारमा बजाज पल्सर १८० एफको बिक्री वितरण सुरु गरेको छ । यसअघि नै यसको स्पेक, मूल्यलगायत विषयमा जानकारी गराएको कम्पनीले बाइकको बिक्री सुरु गरेको हो ।
बाइकको भारतीय बजारमा एक्स शोरुम मूल्य ८७ हजार ४५० भारु तोकिएको छ । बाइकमा १८० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन दिइएको छ ।
उक्त इन्जिनले १७ बीएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड ट्रान्समिसन दिइएको छ । यो बाइकमा कम्पनीले पल्सर २२० को प्रोजेक्टर हेडल्याम्प दिएको छ ।
पल्सर १८० एफमा प्रजेक्टर हेडल्याम्प र पाइलट ल्याम्प दिइएको छ । यसको फ्युल ट्याङ्कमा नयाँ थ्रीडी पल्सर लोगो लगाइएको छ ।
साथै नियोन कलरमा समेत यो नयाँ पल्सरमा उपलब्ध रहेको छ । यसमा क्लीपअन हेन्डलबार दिइएको छ । इन्स्ट्रुमेन्ट क्लस्टर, इन्जिनमा वेली कभर दिइएको छ ।
अगाडि चक्कामा २६० एमएम डिस्क ब्रेक दिइएको छ भने, पछाडि चक्कामा २३० एमएम डिस्क ब्रेक रहेको छ । यो मोटरसाइकलमा सेमी फेयरिंग, साइड प्यानल, हेडल्याम्पर आलोय ह्विलको विशेषता दिएको छ । साथै सिंगल च्यानल एबीएससमेत उपलब्ध रहेको छ ।
भारतीय बजारमा २२० एफ जस्तै रहेकाले नयाँ १८० एफले राम्रो बजार लिने अपेक्षा गरिएको बजाजले जनाएको छ । तर, यो बाइक नेपाली बजारमा भने उपलब्ध हुनेछैन ।
बजाजको नेपालको लागि आधिकारीक बिक्रेता एच एन्ड एच बजाजका अनुसार नेपाली बजारमा १८० भन्दा २२० पल्सरमा राम्रो क्रेज रहेकाले यो बाइक तत्काल नेपाल ल्याउने कुनै योजना नरहेको बताएको छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग