पोखरा । ठगीमा परेका विद्यार्थीको आन्दोलनका कारण ४६ दिनदेखि बन्द रहेको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगाइएको ताला शनिबार खोलिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीलाई जानकारी गराएर प्रहरीको रोहबरमा ताला खोलिएको हो । गत माघ १७ देखि पठनपाठन ठप्प थियो भने कलेजको शिक्षण अस्पतालको ईमर्जेन्सी बाहेकका सेवा पनि बन्द छ ।
विद्यार्थीले प्रशासनको नाममा लेखेको पत्रमा भनिएको छ ‘वार्ता र संवादको माध्यमबाट कुनै निश्कर्ष ननिस्केपछि हामी विद्यार्थीहरु कानुनी प्रक्रियामा गइसकेको र अब न्यायीक फैसला र नियमनकारी निकायको प्रतिवेदन नआउन्जेल हामीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ’ पठनपाठन र परिक्षा सुरु गरिदिन समेत विद्यार्थीले प्रशासन समक्ष आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारीको रोहबरमा शुक्रबार भएको वार्ता पश्चात् सोहि दिन ताला खोलिने भनिए पनि कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि खुल्न सकेको थिएन । १६ ब्याचका एमबीबीएस अध्ययनरत ५३ जना विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । फर्म भरेर आगामी चैत १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा नपठाए विद्यार्थी परीक्षाबाट वञ्चित हुनेछन् । फर्म भर्ने र परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । कलेजका ८६ विद्यार्थीहरुले एमबीबीएसको परिक्षा पनि दिएनन्। कलेज प्रशासनबाट प्रतिनिधित्व नभएपछि विद्यार्थीहरुको फर्म भर्ने विषय भने अनिश्चित बनेको छ । विद्यार्थी अदालत पुग्दा सञ्चालकहरु कोहि पक्राउ परेका छन्, कोहि फरार छन् । यसैकारण पनि सञ्चालक रुष्ट बनेका छन् ।
अवैधानिक रुपमा ५३ करोड रुपैयाँ बढि असुलेको आरोपमा विद्यार्थीले प्रशासनमा कलेज सञ्चालक खुमा अर्याल सहित ११ जना विरुद्ध ठगि मुद्दामा जाहेरी दर्ता भइसकेको छ । फागुन २१ गतेको उजुरीपछि पूर्व सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई भोलिपल्टै प्रहरीले पक्राउ गरी ठगी मुद्दामा कारवाही अघि बढाएको छ । सञ्चालक खुमा अर्याल सहित नौ जना अझै फरार छन् ।

http://gandaknews.com/gmc-case-4/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो