कुखुराको आक्रमणबाट स्यालको मृतयु भएको छ । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको स्याललाई फार्मका कुखुराको झुण्डको आक्रमणमा गर्दा स्यालको मृत्यु भएको हो ।
फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो । स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए ।
यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए ।
‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए ।
ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो ।
पाँच एकडमा फैलिएको फार्ममा ६ हजार खुल्ला छाडिएका चल्ला थिए । फार्म दिनमा खुल्ला छाडिन्छ । यसले गर्दा धेरै जसो कुखुराहरु दिनको समयमा बाहिर टहल्लिरहेका हुन्छन् । यो खबर रातोपाटीबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो