वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वे्दिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लि चिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।
उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यका अनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ ।
उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर १९७ वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो । उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए ।
सिचुवान प्रान्तका बासिन्दा रहेका उनी आफ्नो जीवनका प्रायः समय डाँडाकाडा तथा पहाडी क्षेत्रमा बिताउँथे । जडिवुटी र भातबाट बनेको जाँड उनको मुख्य आहार थियो । करिब ७२ वर्षको उमेरमा लि सेनाका प्रान्तीय कामाण्डर जोङचाईका रणनीतिक तथा मार्सल आर्टका गुरुका रुपमा नियुक्त भएका थिए ।
मे ६ १९३३ मा उनको मृत्यु भएको थियो । उनले जीवनभर २४ जनासँग विवाह गरेका थिए भने २०० बच्चा जन्माएका थिए । मृत्युको समय उनका बच्चाहरुको ११ पुस्ता पुगेको बताइन्छ । उनको मृत्युपछि उनका उत्तराधिकारीले उनको २५० वर्ष लामो जीवनका बारेमा पुस्तक लेखेका थिए ।
अहिलेसम्म पनि उनको जन्म मिति कहिले थियो भन्ने यकिन हुन सकेको छैन । सन् १९३० मा चेङ्दु विश्वविद्यालयका प्राध्यापक उ चुङ चेईले न्युयोर्क टाइम्समा प्रकाशित को सामाग्रिका अनुसार लिका बारेमा सन् १८२७ आर्थत लि १५० वर्षको हुँदादेखि सरकारले शुभकामना पठाउने गरेको र १८७७ मा २०० औं वर्षको अवसरमा उनलाई सरकारले ब्यक्त गरेको शुभकामना सन्देशका बारेमा उल्लेख गरेका थिए ।
त्यस्तै सन् १९२८मा न्युओर्क टाइम्समै प्रकाशित अर्को समचारमा लिका छिमेकीको अन्तर्वार्ता समावेश गरिएको थियो । समाचारमा छिमेकीहरुले आफ्ना हजुरबुवाहरुले आफू केटाकेटी हुँदादेखि लि लाई चिन्ने गरेको बताउने गरेको बताएका थिए ।
इभिनिङ इन्डिपेण्डेन्टमा प्रकाशित सामाग्रीका अनुसार लामो जीवनको रहस्य उनले प्रयोग गर्ने आयुर्वे्दिक औषधीमाथिको परिक्षण र प्रयोग रहेको बताइएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह