काठमाडौं– नेपाल कामदारका लागि गत जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी अप्रिल पहिलो साता चैत १८ पछि बाट खुल्ने भएको छ ।
मलेसिया र नेपाल सरकारबीच गत कात्र्तिकमा भएको दोहोरो श्रम सम्झौताअनुसार नै अप्रिल पहिलो सातादेखि कामदार पठाउन तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
मलेसियाको सम्बन्धित निकायसँग नयाँ प्रक्रियामार्फत कामदार पठाउने भएको छलफल सहमतिमा पुगेपछि कामदार पठाउने विषय पक्कापक्की भएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । श्रम मन्त्रालयका अधिकारीका अनुसार शुरुमा कलिङ्ग भिसा लागेका कामदारलाई मलेसिया पठाइने छ ।
‘सुरुमा कलिङ्ग भिसा लागेका कामदार पठाउने गरी गृहकार्य भइरहेको छ । श्रम मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नु अघि भिसा लागेर पनि जान्न नपाएका कामदार पठाउने मलेसियासँग सहमति भइसकेको छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘अप्रिल पहिलो साता कलिङ भिसा लागेका कामदार पठाउने र त्यसपछि नयाँ श्रम स्वीकृति जारी गरी कामदार पठाइन्छ ।’
मन्त्रालयले पुरानो प्रक्रियामार्फत नभइ नयाँ मापदण्डअनुसार कामदार पठाउने उनको भनाइ छ ।
कलिङ भिसा लागेका करिब ७ हजार कामदार रहेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन् । कलिङ भिसा लागेका कामदारले पुनः स्वास्थ्य परीक्षण गराएर मात्र जान पाउने मन्त्रालयले जनाएको छ । कलिङ भिसा लागेका कामदार तत्काल पठाउनका लागि मलेसियाको मानव शसाधन मन्त्रालयलाई पत्राचार गरिसकेको र उत्त मन्त्रालयले पनि कलिङ भिसा लागेका कामदारलाई लिनका लागि नेपालमा रहेको मलेसिया राजदूतावासलाई पत्रचार गरिसकेको छ ।
गत जेठ महिनाम श्रम मन्त्री गोर्कण विष्टले रोगजारका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार लगाएर ‘ठगी’ गदै आएका विभिन्न संस्था खारेज गर्न निर्णयपछि मलेसियाको रोजगारी बन्द थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ