पोखरा । झण्डै ४ दशक अघिदेखिको योजना, मुआब्जा विवादका कारण समयम समयमा विवाद, ठेक्का प्रकरण, बजेट, लगानीका कारण एयरपोर्ट नबन्ने हो कि ? संशय कायमै थियो । अब पोखराबाट सिधै विदेश उड्न २ वर्ष पनि पर्खनुपर्दैन । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको मुख्य धावनमार्गको काम अबको २५ दिनभित्र निर्माण सम्पन्न हुने भएको छ । विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले हालसम्म ३० प्रतिशत काम पूरा गरिसकेको छ । रनवेको काम २५ दिनभित्रै हुने प्रोजेक्ट म्यानेजर विनेश मुनकर्मीले जनाएका छन् ।
२०१७ को नोभेम्बरदेखि काम सुरु गरेको कम्पनीले २०२१ को जुलाइ १० मा निर्माण सक्ने सम्झौता गरेपनि ६ महिना अगावै निर्माण कार्य सक्ने गरी कामलाई तीब्रता दिएको छ । २०२१ जुलाईदेखि नै उडान भर्ने योजना रहेको छ । १८० सिट क्षमताको जहाज र अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन् ।
अहिलेसम्म एप्रोन पार्किङ, आठवटा ढलनिकास निर्माण सकिसकेको, रनवे र ट्याक्सीको २ चरण ढलानको काम सकिएको मुनकर्मीले जनाएका छन् । चिनियाँ र नेपाली गरेर चार सय ५० जनाभन्दा धेरै मजदुर विमानस्थल निर्माणमा खटिएका छन् ।
त्यस्तै, गत भदौ ६ गते तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेको १४ हजार वर्गमिटरमा बन्ने टर्मिनल भवनको पनि फाउण्डेशन तयार भइसकेको छ । विमानस्थलको क्षेत्रमा कडा प्रकृतिको माटो रहेकोले बम ब्लास्टिङ गर्ने तयारी थालिएको छ । ब्रोकर, डोजरले तीन महिनामा हुने काम बिस्फोट गरेपछि एक महिनामै हुने बताइएको छ । यसका लागि बम लगायतका सामग्री ल्याउन नौ महिनाको प्रक्रिया बल्ल पूरा भएको मुनकर्मीको भनाई छ ।
विस्तृतमा थाहाखबरका लागि सन्तोष अधिकारीले लेखेका छन्:
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ