गण्डक न्युज पोखरा, १९ कार्तिक / अब पोखराको चोकमा रहेका सबै शालिकहरु पार्कमा राखिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले यही योजनाका साथ पोखराको पृथ्वीचोक स्थित लखन थापामगरको शालिक रहेको आइल्याण्ड हटाएको थियो । तर मगर संघ सहित आदिवासी जनजाति संघको दबाबका कारण आकार सानो बनाएर निर्माण कार्य सुरु भएको थियो । अहिले सकिनेबेला यो काम पनि रोकिएको छ ।
एक दिन शालिक छोपिएकोमा फेरि अहिले खोलिएको छ । सुरक्षाकर्मीले सुरक्षा दिएका छन् । पृथ्वीनारायण शाहको शालिक स्थापना गर्नुपर्ने माग राखी आन्दोलन गर्दै आएको पृथ्वीनारायण साह शालिक पुनःस्थापना संघर्ष समितिले महानगरपालिका अगाडि नै अनसन बसेपछि अनसन टुंग्याउन अर्को सहमति गरेको हो ।

समिति र महानगरपालिकाबीच पोखराका सबै चोकका शालिकहरु छुट्टै पार्कमा राख्ने सहमति भएको थियो । बुधबार सहमति भए पनि अनशन भने तोडिएको थिएन । सहमति अनुसार काम नगरेको बताउँदै बिहीबारदेखि पोखरा महानगरपालिकाको मुल गेटमा समितिले चाबी लगाएपछिपृथ्वीचोकमा भइरहेको सहिद लखन थापाको शालिक पुननिर्माण रोकिएको थियो ।

तालाबन्दीपछि थापाको शालिक पुनःनिर्माण रोकिएलगत्तै अनशन तोडिएको पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समितिका अध्यक्ष शंकर खरालले जानकारी दिए । पोखराको चोकमा भएका शालिक पोखरा१८ को जामुनाबोटमा १ सय रोपनी क्षेत्रफलमा राष्ट्रिय विभूति एवं सहिद पार्क बनाउने सहमति भएको छ । पृथ्वीचोकमा निर्माणाधीन रहेको शहिद थापाको शालिक वरिपरिको बार हटाउने सहमतिसमेत भएको संघर्ष समितिले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ भित्र पार्क निर्माण गरेर थापाको शालिक हटाउने सम्झौता भएको छ, खरालले भने । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समितिका अध्यक्ष शंकर खरालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । शालिक स्थापना गर्ने जामुनेबोटमा विकासको पूर्वाधार नभएको कारण पार्क बनाउनसमय लाग्ने संघर्ष समितिले बताएको छ ।
पोखराका अन्य चोकमा भएका शालिकहरु पनि उक्त स्थानमा स्थानान्तरण गरिने छ । शालिक निर्माणमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिका व्यहोर्ने छ ।
संघर्ष समितिले २० गतेसम्म अनशन बस्ने २० गते महानगरपालिकाको परिसरमा राँके जुलुस बाल्ने र कात्तिक २१ गतेदेखि अनिश्चतकालीन पोखरा बन्द गर्ने भएको सार्वजनिक गरेको कार्यक्रम फिर्ता लिएको छ ।
यसअघि आदिवासी जनजातिसँग पोखरा लेखनाथ महानगरपालिकाले यस्तो सहमति गरेको थियो ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु