पोखरा । बुधवार मनाइने होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ ।
सरकारले होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो । मन्त्रालयले होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार नगर्न समेत आग्रह गरेको छ ।
कसैले त्यस्ता कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने समेत मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ : ‘कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार गने, अर्काको इच्छा विपरित रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिहरुलाई दुःख, हैरानी तथा कष्ट दिनजस्ता कार्य प्रचलित कानून विपरित हुन् । कोही कसैको इच्छा एवम् स्वीकृति बेगर यस प्रकार कानून विपरित कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सर्वसाधरण सबैमा जानकारीका लागि अनुरोध छ ।’

होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने कास्की प्रहरीले जनाएको छ । अन्य दिनको तुलनामा भोलि बाक्लो मात्रामा प्रहरी परिचालन पनि गरिनेछ भने ठाउँठाउँमा मापसे र कागजपत्र चेकजाँच गरिने जनाइएको छ । होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि प्रहरीले जनाएको छ ।
काठमाण्डौमा पनि सुरक्षा व्यवस्था कडा बनाईने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । ‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एसएसपी लामाले भने, ‘प्रहरी तत्काल घटनास्थल पुग्छ, हामी पक्राउ गरेर कारवाही गर्छौं ।’ होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ ।
होलीको बाहना बनाएर सडकमा हिँड्डूल गर्ने युवा युवतीहरुलाई जवरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।
उनले भने, ‘यदि कसैले दोस्रो पटक जवरजस्ती लोला हान्ने हर्कत गर्दैन र अभिभावकले प्रहरीलाई आस्वस्त बनाउँछन् भने एकपटकलाई छाड्छौं अन्यथा कानुनी कारवाही हुन्छ ।’ काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ ।
फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’