पोखरा महानगरले होर्डिङबोर्ड हटाएर डिजिटल प्रविधिमा लैजाने निर्णय १ वर्ष अगाडि ग¥यो । तर, समयसम्म कार्यान्वयन भएन । यसबीचमा सोलारजडित ५३ वटा ‘स्मार्ट प्रतीक्षालय’ तयार भए । तर, प्रभावकारी हुन सकेनन् । महानगरले पुराना बोर्ड पनि हटाउन पनि सकेको थिएन ।
डिजिटल होर्डिङबोर्ड राख्ने भन्दै मंगलबारदेखि निर्णय गरेको १३ महिनापछि महानगरले सडक वरिपरिका होर्डिङबोर्ड हटाउन सुरु गरेको छ । महानगरले पृथवीचोकमा रहेका फ्लेक्स होर्डिङबोर्डका पोस्टर च्यातेर अभियानको सुरु गरेको हो । व्यक्तिगत संरचनामा बनेका होर्डिङबोर्ड बाँकी छाडेर सार्वजनिक ठाउँमा बनेको होर्डिङबोर्ड पहिलो चरणमा महानगरले हटाउन सुरु गरेको हो । समाधान दैनिकका लागि विकास रोकामगरले न्यूज लेखेका छन् ।
महानगरले ती ‘अवैध’ होर्डिङबोर्ड भत्काउन भने सजिलो छैन । विभिन्न भागमा फैलिएर विज्ञापन ठेक्काको जालो बनेको छ । जुन जालो महानगरलाई फुकाउनै सकस पर्ने देखिन्छ । पोखराका क्रियाशील विज्ञापन कम्पनीले लाखौं मूल्य तिरेर अन्य कुनै कम्पनीसँग सम्झौता गरिसकेका छन् । मंगलबारमात्रै महानगरका कर्मचारी पृथ्वीचोकका सुदर्शन रञ्जितको घरमाथि बनेको होर्डिङबोर्ड हटाउन लागेको थियो ।
तर, उनले आफूलाई महानगरका तर्फबाट कुनै औपचारिक चिठी नआएको भन्दै उनले विरोध जनाए । महानगरले केही दिनमा पुन पत्राचार गर्ने भन्दै व्यक्तिगत संरचनामाथि बनेका होर्डिङबोर्ड रोक्ने काम तत्कालका लागि रोकेको छ । रञ्जितले पोखराकै परिचय एड्भर्टाइजलाई उक्त होर्डिङबोर्ड भाडामा दिएका थिए । परिचयले पनि आकृति एड्भटाइजसँग सम्झौता गरेको थियो । आकृतिले छायाँसँग र छायाँले उवासंघसँग । यसरी गोलबद्ध रुपमा यो व्यावसायिक जालो घुमेको छ ।
परिचय एड्भर्टाइजका सोभित बस्यालले महानगरको अवैज्ञानिक निर्णयका कारण आफूहरुलाई घाटा पुगेको आरोप लगाए । ‘हामी महानरगसँग समन्वय गर्न तयार छौं । तर यसरी हामीलाई खबर नै नगरेर होर्डिङबोर्ड कसरी हटाउन पाउँछ ?’ उनले भने । महानगरले स्वस्थ तरिकाले प्रतिष्पर्धा गरे आफूहरु पनि समन्वय गर्न तयार रहेको सोभितले बताए ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला