तेहरान : आधुनिक युगसँगै मान्छेहरु धेरै चिजलाई आवस्यकता भन्दा पनि विलाशीको रुपमा प्रयोग गर्छन् । जस्तो कि, फ्रिजभित्र राखिएको खाना खानु, नयाँ डिजाइनको जुत्ता लगाउनु, नियमित स्नान गर्नु जस्ता कुरा विलाशी जस्ता देखिएका छन् ।तर एक इरानी बृद्धको अनौठो जीवनशैली चाहिँ पढ्न नछुटाउँ ।
उल्लिखित वस्तुप्रति ती बृद्धले कसरी हेर्छन् भन्ने कुरा थाहा पाउँदा धेरैको मनस्थिति परिवर्तन भइसकेको हुनसक्छ । इरानको देज्जाहमा बस्दैआएका उनले ६० वर्षदेखि यस्तै जीवनशैली अपनाउँदै आएका हुन् ।उनी मरेका जंगली जनावरको मासु खाने बताउँछन् ।

अमोउ हाजी नामका ८० वर्षे इरानी मजदुर, जो ६० वर्षयता नुहाएकै छैनन् । र अनौठो त, नुहायो भने बिरामी भइन्छ भन्ने उनको बुझाइ छ । आम मान्छेको भन्दा कठिन जीवनशैली छ उनको । उनको जीवनशैली स्वस्थ छ भनेर त भन्न सकिँदैन, तर यसै गरी उनले ८० वर्ष बिताइसकेका छन् ।

उनी दिनमा पाँचवटा चुरोट सेवन गर्छन् । तर पालैपालो हैन, पाँचैवटा चुरोट एकैपल्टमा पिउँछन् । र धुवाँको मुस्लो निकाल्छन् । उनी बेला बेला कपाल छोटो त पार्छन्, तर कैँची वा ब्लेडले हैन । आगोले पोलेर कपाल छोटो बनाउँछन् ।


बजनीक डटकमले तयार पारेको उक्त रिपोर्ट अहिले सामाजिक संजालमा पनि चर्चित बनेको छ । यदी कसैले उनको जस्तै जीवन यापन गर्न खोज्यो भने पक्कै त्यो सम्भव हुने छैन । तर अपवादको रुपमा उनको यस्तो अनौठो जीवनशैली सामान्य तरिकाले नै चल्दैआएको छ ।




सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु