पोखरा । जलमाफियाहरुले फेवाताल अतिक्रमण गरेपछि पुरानै अवस्थामा फर्काउन सर्वाेच्चले चार महिना अघि नै आदेश दिइसकेको छ । आदेश कार्यान्वयन चरणमा अब फेवातालको सिमांकन गरी तालको सीमानामा स्तम्भ गाडिने भएको छ ।
२९ किलोमिटर चौघेरो भएको फेवातालको सीमांकन गरी तालको चारवटै किल्लामा ११ सय सिमेन्टको स्तम्भ गाडिने पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले गरेको स्टेमेटमा उल्लेख भए अनुसार बन क्षेत्रमा ५० मिटर र सहरी क्षेत्रमा १५-१५ मिटरको दुरीमा स्तम्भहरु गाडिनेछ ।
११ सय वटा स्तम्भ राखिनेमा प्रति स्तम्भ पाँच हजार चार सय रुपैँयाको दरले कुल ५३ लाख रुपैँया लागत खर्च लाग्ने भएको छ । सर्वाेच्चकै आदेश अनुसार प्रदेश सरकारले तालको नक्सांकन समेत गर्ने जनाएको छ ।
सर्वाेच्चको आदेश कार्वान्वयन गर्न दुई समिति
सर्वाेच्चले ताललाई पुरानै संरचनामा फर्काउन दिएको आदेश कार्यान्वयन गर्न दुई वटा समिति गठन गरिएको छ । गत माघ ९ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको थियो । उक्त समितिको बुधबार बसेको बैठकपछि पुनः सिमांकनको लागि प्रतिवेदन पेश गर्ने गरि अर्काे उपसमिति गठन गरेको हो ।
उपसमितिमा तीन जना सचिव, जिल्ला प्रशासन, नापी कार्यालयका प्रतिनिधि सहित गठन गरिएको छ । उपसमितिले प्राबिधिक सहितको टोली लिएर स्थलगत अध्ययन गरी एक हप्ता भित्रै पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
फेवातालको ६५ मिटर वरिपरी भौतिक संरचना निषेध, प्रदेश सरकारको ढिलासुस्ती
सर्वाेच्चको आदेश अनुसार अब फेवातालको ६५ मिटर वरीपरी ताललाई असर पार्ने कुनै भौतिक संरचना बनाउन नदिन सर्वाेच्चले आदेश दिएको छ । तर, सर्वाेच्चको आदेश आएको चार महिना हुँदा पनि प्रदेश सरकारको काम तुलनात्मक रुपमा ढिलो भएको सरोकारवालाहरु बताउँछन् । अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते दायर गरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विश्वप्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले आवश्यक निर्णय समेत गरी आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्नु गराउनु भनेको छ ।
सम्बन्धित समाचारहरु:
http://gandaknews.com/fewatal-jagga-muddha/
http://gandaknews.com/fewatal-3/
http://gandaknews.com/fewatal-4/
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो