‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै अफवाह फैलाउने अनलाइन पत्रकार पक्राउ’ शीर्षकमा विहीबार (७ चैत) मा समाचारहरु प्रकाशन प्रसारण भए । [हे. नेपाल लाइभ: झुठो समाचार सम्प्रेषण गर्ने पत्रकार पक्राउ , देश सञ्चार: झुटो समाचार लेख्ने पत्रकार पक्राउ] समाचारमा उल्लेख छ ‘अफवाह फैलाएको अभियोगमा एक जना अनलाइन पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडि सामाजिक सञ्जाल तथा अनलाइनका माध्यमबाट ‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै अमर्यादित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएको अभियोगमा कपिलवस्तु जिल्ला वाणगंगाका अनलाइन आवाज डट कमका सह–सम्पादक २१ वर्षीय गौरव खनाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार पक्राउ गरेको हो । उनलाई साइबर अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । थप अनुसन्धानका लागि खनाललाई काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।’
उज्यालो अनलाइनले सोहि समाचारको अन्तिम अनुच्छेदमा लेखेको छ: ‘तर गौरव खनालका दाजुले भने आफ्ना भाइको गल्ती नभएको र प्रहरीले गलत मान्छेलाई पक्राउ गरेको उज्यालो अनलाइनलाई बताउनुभयो । ‘काठमाण्डौका विभिन्न ठाउँमा बम विस्फोट’ भन्ने समाचार अनलाइन आवाज डट नेटले प्रकाशित गरेको र गौरव खनाल सहसम्पादक रहेको अनलाइन आवाज डटकम अलग भएको खनालले बताउनुभयो । यसबारेमा प्रेस काउन्सिलसँग सहकार्य गरेर ’निर्दाेष’ भाइलाई छुटाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।’
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले समेत आफ्नो फेसबुकमा स्पष्ट रुपमा अनलाइन आवाज डटनेट (www.onlineaawaj.net) नै उल्लेख गरेका छन् । तर, प्रहरीले नाम मिलेको अनलाइन आवाज डटकम (www.onlineaawaj.com) सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको बारे कावा अध्यक्ष श्रेष्ठले पुनः अर्को पोष्ट गरेका छन् ।


प्रहरीले डटकम वालालाई पक्राउ गरेको थियो, डटनेट वालालाई थिएन । यी दुई वेबसाइट एकै जनाले चलाएको नचलाएको बारे छानविन गर्न जरुरी छ । नत्र भने डटकम र डटनेट छुट्टै डोमेन हुन् । अहिले दुवै वेबसाइट सञ्चालनमा छन् । फेसबुक पेज अनलाइन आवाज डटकम भने डट नेट सञ्चालकवालाले चलाएको बुझिएको छ । तर अहिले सो पेज अनपब्लिस छ ।

अनलाइन आवाज डटकमले यस सम्बन्धमा आफू अन्यायमा परेको समाचार आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ ।
गल्ती डटनेटले गरेपनि डटकम सञ्चालक प्रहरी नियन्त्रणमा रहेका बेला प्रेस काउन्सिलले ख्याल गर्नुपर्ने कुरा के छ भने, यी दुवै वेबसाइट प्रेस काउन्सिल र सूचना विभागमा दर्ता भएका छैनन् ।


दोषीलाई जुनै हालतमा कारबाहीको दायरामा ल्याउन र निर्दोषलाई फसाउन नहुनेतर्फ पक्कै ध्यान पुग्नेछ । अहिले यस्ता अफवाह फैलाउने विरुद्ध पत्रकार नै लागिपरेका छन् । पोखरामा विहीबार मात्रै युट्युबमा चरित्र हत्या गर्ने सामाग्री राखेका एकजना पक्राउ परेका छन् ।
समाचार हेर्नुहोस्ः
नालापानी डटकम लगायतका वेबसाइट प्रहरी निगरानीमा
अफवाह फैलाउने नालापानी डटकम वेबसाइट सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन प्रेस काउन्सिलको ध्यानाकर्षण होस् । पोखरा नाम भएका तीन पेज चलाएर अफवाह फैलाउँदै फेसबुक इन्स्टान्टबाट डलर कमाउँदै आएको यो ब्लग एलेक्सा र्यांकिङमा समेत धेरै अगाडि छ भने आधा दर्जन देशहरुको र्यांकमा देखिएको छ ।

झण्डै आधा करोड लाइक भएका ओएसनेपाल, ईताजाखबर, साझा पेजले समेत अफवाह फैलाइरहेका छन् ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन