पोखरा । फरार रहेका गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाएपछि टोली परिचालन गरिएको बताए ।
एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा मुद्दा दर्ता गराएका थिए। तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको विद्यार्थीहरुको दाबी छ ।
कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोडभन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ। यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ।
त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेलमाथि मुद्दा छ। उनीहरु विरुद्ध फागुन २२ गते नै पक्राउ पूर्जी जारी भईसकेको छ । अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समयदेखि आन्दोलनमा थिए।
मन्त्रीले भने – गैरकानुनी शुल्क फिर्ता गर, परीक्षा दिने वातावरण तयार पार
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अवैध शुल्क उठाइरहेको आरोप लागेका मेडिकल कलेजका सञ्चालक र त्रिवि पदाधिकारीलाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। किस्ट, चितवन, नेशनल मेडिकल कलेजका सञ्चालकसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, रजिष्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठी र निजी मेडिकल कलेज सञ्चालक एसोसिएसनका बसुरद्दिन अन्सारीलाई बोलाएर मन्त्री पोखरेलले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएका हुन्।
बैठकमा चिकित्सा शिक्षा अध्ययन संस्था (आइओएम) का डिन जगदीश अग्रवाल पनि थिए। परीक्षामा छुटेका विद्यार्थीका लागि पुनः परीक्षाको व्यवस्था गर्ने, विद्यार्थीका लागि शान्तिपूर्वक पढ्ने वातावरण मिलाउने र अवरुद्ध पढाइ सुरु गर्न निर्देशन दिइएको छ । आन्दोलनका क्रममा ८६ जना विद्यार्थीको परीक्षा छुटेको थियो । आन्दोलन निश्कर्षमा नपुग्दै केही विद्यार्थीहरुले ताला फोडिदिएका थिए ।
आफूहरुको पनि परीक्षा छुट्ने डर उनीहरुलाई थियो । तर डेढ महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले सबैको हितका लागि गरेको आन्दोलन, आफूहरुले समेत परीक्षा छाडेको स्मरण गराउँदै असन्तुष्टि जनाएका थिए । आज उनी विद्यार्थीहरुका कारण अब गण्डकी मेडिकल कलेजमा कोहि विद्यार्थी नठगिने अवस्था आएको छ । गण्डकी मेडिकल कलेजले गैरकानुनी उठाइएको शुल्क फिर्ता गर्ने बताइसकेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’