पोखरा । ‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ पोखराबाट बिक्री सुरुवात भएको छ । ड्याट्सन ब्राण्ड गाडीको गण्डकी धौलागिरी क्षेत्रको बिक्रेताका थ्रिएस ट्रेड हाउसले आइतबार एक कार्यक्रमका बीच गाडीको बिक्री सुरुवात गरेको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले एक कार्यक्रमका बीच गाडीको बिक्री सुरुवात गरेका हुन् ।
मध्यम वर्गलाई लक्षित गरी नेपाली बजारमा बिक्री भइरहेको ड्याट्सनले छोटो समयमा ग्राहकको विश्वास जित्न सफल हुनु राम्रो पक्ष भएको पोखरेलले बताए । नेपाली बजारमा भित्रिएको ड्याट्सन कारले छोटो समयमै निकै राम्रो व्यापार गरिरहेको कम्पनीको दावी छ ।
बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट २६ लाख ९९ हजार रुपैयाँसम्म छ । विभिन्न ३ मोडलमा गाडीहरु बिक्री भइरहेको थ्रिएस ट्रेड हाउसका निर्देशक गोपाल बरालले जानकारी दिए । ‘गो ए (०)’, ‘गो टि’ र ‘गो ओ’ बजारमा उपलब्ध रहेको उनले बताए । ‘यो नयाँ भर्सनको गाडीमा अभूतपूर्व विशेषताहरु छन्,’ बरालले भने, ‘विद्यमान रहेका विशेषता र आरामदायी सुरक्षा तथा स्टाइलिस सवार ड्राइभिङ अनुभवको जिवन्तता प्राप्त गर्न सकिन्छ ।’

मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका यी गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालका रहेको बरालले बताए । ‘कारले नयाँयुगको लागि जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ,’ उनले भने । गाडीमा राइड कन्ट्रोल एडभान्स सस्पेन्स सिस्टम तथा १.२ सि एचआर १२ पेट्रोल इन्जिन छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्दछ । बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १००प्लस अपडेट रहेका छन् । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग, एबिएस तथा इबिडी पार्किङ सेन्सर, १८० एमएमको ग्राउण्ड क्लियरेन्स, २४५० एमएमको ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ एमएमको टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ । जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्ने बरालले जानकारी दिए । कारको बिक्री सुरुवातको अवसरमा गाडी खरिद गर्दा एक लाख रुपैयाँदेखि एक लाख २५ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । यो विशेष छुट सीमित अवधिका लागि मात्र लागु हुनेछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो