मस्को– क्रस्क्नोयस्क नामक एक रुसी सहरमा हालै देशमै पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना गरियो । यस खेलको लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो प्रतिद्धन्दीलाई झापड हान्ने नियम बनाइएको थियो ।
थप्पड हान्ने क्रममा जसले विपक्षीलाई लडाउन सक्थ्यो, उ विजयी हुन्थ्यो । यो विवादास्पद कार्यक्रम रुसमा लोकप्रिय रहेको ‘साइबेरियन पावर शो’(साइबेरियन शक्ति प्रदर्शनी)को क्रममा आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मार्च १६ र १७ मा क्रस्क्नोयस्कमा आयोजना भएको थियो ।
यस्तौ खेल अघिल्लो वर्ष राजधानी मस्को पनि आयोजना गरिएको थियो । तर त्यसमा भने व्यवसायीक खेलाडिलाई रमाइलोको लागि कसले सबैभन्दा कसेर थप्पड हान्न सक्ने भन्दै खेलाइएको थियो ।
तर यस प्रतियोगितामा भने आयोजकले प्रदर्शनीमा आएका जो कोहीलाई आफूलाई बलियो प्रमाणित गर्न पाउने अवसर दिएका थिए । खेलमा सहभागी अधिकाशं प्रदशनी हेर्न आएका आम मानिसहरु नै थिए । यसमा विजेताको लागि छुट्याइएको ३० हजार रुवलले पनि काम गरेको थियो ।
एक ‘वेटलिफ्टर’ भए प्रतियोगिताका विजयी
प्रतियोगितामा भ्यासिली कमोटस्की विजयी भएका छन् । उनी ‘वेटलिफ्टर (भारी तौल बोक्ने खेलाडी)’ भएको बताइएको छ । उनले आफ्ना प्रतिद्वन्दीलाई हानेको थप्पडको भिडियो भाइरल भएको छ । हालसम्म भिडियो १८.९ लाख पटक हेरिसकिएको छ ।
भिडियोमा भ्यासीलीले पहिलो थप्पडमै आफ्ना प्रतिद्वन्दीलाई झण्डै लडाइदिएका थिए । झापड खाएर धरमराएका प्रतिद्वन्दी छेउका मानिसको सहाराले सम्हालिको देखिन्छ । पुनः खेलमा फर्किएका प्रतिद्न्दीले दोस्रो थप्पड खाएपछि भने हार स्वीकारेका छन् । ‘साइबेरियन पावर सो’मा ‘वल्र्ड स्ट्रोङम्यान कप’ र ‘साइबेरियन डान्स कन्टेस्ट’जस्ता लोकप्रिय प्रतियोगिताहरु पनि आयोजना भयो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी