पोखरा । आगामी १५ र १६ गते हुने लगानी सम्मेलनमा गण्डकी प्रदेशको १० योजना पेश हुने भएको छ । १० योजना लिएर गर्न लागेको लगानी सम्मेलनमा ४० वटा देशबाट ६२० विदेशी लगानीकर्ताले आउने प्रतिबद्धता जनाइसकेका छन् ।
नेपाल सरकारले राष्ट्रियस्तरमै महत्त्व राख्ने विभिन्न योजनाहरूमा लगानी गर्न लगानीकर्तालाई आग्रहसमेत गर्नेछ । उक्त लगानी सम्मेलनमा सरकारको तर्फबाट र निजी क्षेत्रको तर्फबाट गरेर गण्डकी प्रदेशबाट १० वटा योजनाहरू प्रस्तुत हुने भएका छन् ।
सम्मेलनका लागि गण्डकी सरकार र निजी क्षेत्रबाट पेश हुन लागेका योजनामा मनाङको स्की रिसोर्टदेखि कालीगण्डकी जलविद्युत् परियोजना हुँदै पोखरा-काठमाडौं-लुम्बिनी रेल मार्ग रहेको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ६ वटा योजनाहरू प्राथमिकतामा परेका छन् ।
गण्डकी सरकारले नै आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको गण्डकी प्राविधिक विश्व विद्यालय, मनाङमा स्की रिसोर्ट सञ्चालन, कास्कीको हेम्जामा एकीकृत कृषि परियोजना, पोखरा–काठमाडौं–लुम्बिनी रेल, ताल तलैया पर्यटन परियोजना, तनहुँको दमौलीमा बहुउद्देश्यीय पर्यटन परियोजना गण्डकी प्रदेशलाई लक्षित गरेर पेश हुन लागेका छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने