काठमाडौं – मेरियन नामक एक महिलाले द अब्जर्भर नामक पत्रिकामा छपाएको पाठकपत्रले अहिले हंगामा मच्चाइरहेको छ । चिट्ठीमा चार छोराकी आमा मेरियनले लेगिङ्स लगाउँदा युवती र महिलाको शारीरिक अंग प्रदर्शन हुने र पुरुषले उनीहरूलाई घुरेर हेर्ने लेखिन् ।
मेरियनको चिट्ठी सामाजिक सञ्जालमा अप्लोड गरिएपछि अनेकौं पुरुष र महिलाले उनलाई लैंगिक राजनीतिको ज्ञान दिए । मेरियनले चिट्ठीमा लेखेकी छन्, ‘मैले कसैको पनि अपमान गरेको हैन । आफूलाई मन लाग्ने कपडा लगाउने अधिकार सबैसँग छ । तर छोराहरूकी आमा भएको नाताले म यस्तो समस्याका बारेमा कुरा गर्नेछु जसको समाधान युवतीहरूले नै निकाल्न सक्छन् ।’
उनले भनिन्, ‘मसामु युवतीहरूको समूह छ । सबैले फिटिङ लेगिङ्स लगाएका छन् र छाटो टप लगाएका छन् । उनीहरूलाई हेर्दा उनीहरूले केही पनि नलगाएको र बडी पेन्ट गरेको जस्तो लाग्छ ।’ उनले थप लेखिन्, ‘आमा भएको नाताले म बच्चाहरूलाई सधैं सिकाउँछु, हरेक युवती कसैकी छोरी वा बहिनी हुन् । युवती र महिलाहरूलाई सधैं सम्मान दिनुपर्छ । तर हाम्रो फेशन उद्योगलाई कसैले किन प्रश्न गरिरहेको छैन ?
एक महिला हुनुको नाताले म यस्ता कपडा देखेर आफैं लज्जान्वित हुन्छु । हामी सबै आफ्नो शरीरको सम्मान गर्छौं त्यसैले नांगै घुम्दैनौं । यस्तो कपडा लगाउने महिलातर्फ नचाहे पनि दृष्टि पुग्छ ।’
मेरियनको चिट्ठीलाई दी अब्जर्भरले ओपेड पृष्ठमा प्रकाशित गरेपछि सामाजिक सञ्जालमा उनको विचारको विरोध भइरहेको छ । स्कूल र कलेजमा पढ्ने विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् ।
एजेन्सी
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ