ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीस्थित डडुवाडाँडामा भएको स्कार्पियो जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएपछि मृत्यु हुनेहरुको संख्या ७ पुगेको हो ।
दुर्घटनामा परि ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङवाङ शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र डोमा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका काठमाडौं बौद्धकै ५४ वर्षीय डुसांगे शेर्पाको समेत उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
जिप दुर्घटनामा गम्भिर घाईते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ ।
आईतबार दिउसो ११ः ४५ बजे सोलुखुम्बुको जुनबेशी ठुलो गुम्बा भ्रमण गरेर काठमाडौंतर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाममा ल्याइँदैछ । news source :ratopati
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार