युवाइएनले लमजुङमा गर्ने कमेडी सो को रकम सामाजिक कार्यमा

युवाइएनले लमजुङमा गर्ने कमेडी सो को रकम सामाजिक कार्यमा

56422327_434098733992316_2944957889732673536_n

सूर्य तिमिल्सिना, पोखरा । ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ युवाइएन युथ फर नेसनले आगामि चैत्र २८ गतेदेखि लमजुङमा ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ गर्ने भएको छ । कमेडी सोबाट भएको नाफा रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । लमजुङ क्याम्पस, सुन्दर बजारमा हुने उक्त सोमा पछिल्लो समय युट्युब मार्फत कमेडी सो प्रदर्शन गरेर चर्चामा आएको नेप्स ग्याज्म टोलीको प्रस्तुति रहने छ ।

आयोजकका अनुसार ‘नयाँ बर्षको उमंग संगै अब हाँस्ने छ लमजुङ’ नाम दिइएको उक्त कार्यक्रम बिहान ११ बजे र दिउसो ३ बजे गरि दुई चरणमा सम्पन्न हुने छ । करिब २ बर्ष अघि स्थापना भएको युवाहरुको समूह युनाइटेड युथ फर नेसन ‘युवाइएन’ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।

स्थापना काल देखि बाढी पिडितलाई राहत वितरण,चेपाङ समुदायलाई सहयोग,दुर्गम भेगका सरकारी बिद्यालयमा शैक्षिक सामग्री सहयोग लगायत करिब २ दर्जन साना ठुला सामाजिक कार्यक्रम गरिसकेको यो संस्था काठमाडौं,पोखरा,चितवन,नेपालगंज,लमजुङ लगायतका स्थानमा आधारित भएर बिभिन्न कार्य गर्दै आएको छ ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका बिशाल सापकोटाका अनुसार यो कमेडी शो बाट बचेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने छ । टिकट मुल्य २०० रुपैयाँ रहेको उक्त कमेडी शो मा सहभागी भएर खुलेर हाँस्न समेत पाइने साथ साथैसामाजिक कार्यमा समेत योगदान पुग्ने हुनाले आयोजकले सम्पूर्णलाई सहभागिताको लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ