पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् ।
बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, २ ९१०का उम्मेदवार गुरु बराल र २९२०का उम्मेदवार विन्दुकुमार थापाले वडा नं ४ गैह्रपाटनमा सभालाई सम्बोधनपछि घरदैलो अभियान शुरु गरेका थिए ।
“पुरानालाई दुई पटक हे¥यौं अब नयाँलाई हेर्ने छौं ”– घरदैलो अभियानकै क्रममा ८४ वर्षिय गणेशबहादुर गुरुङले भने–“चुनावमा अब नयाँ टेष्ट पनि लिनुपर्छ । पुरानो टेष्ट पुरानै भईसक्यो ।” घरदैलो अभियानमा आम सर्वसाधारणको उत्साहले उम्मेदवारलाई उर्जा थपिएको छ ।

“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रदेश सभा क्षेत्र नंं २ ख का उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”
व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे ।
घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन