पोखरा । आगामि यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को सम्पूर्ण तयारी पूरा भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको सम्पूर्ण तयारि पूरा भएको आयोजक समितिले जनाएको हो ।
महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए । महोत्सवमा प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिनेछ । महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव प्रवेशका साधरण ब्यक्तिका लागि ८० रुपैँया र विद्यार्थी सहुलियत तथा तीन सयमा महोत्सव अवधिभ ५० रुपैँया लाग्ने छ । स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणहरुमा आलका बिभिन्न परिकार तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, विविध सांस्कृतिक कार्यक्रम, हाँस्य कलाकारहरुका प्रस्तुति लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले
जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?