पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सल्लाहकारको स्वागत सम्मान गरेको छ। मञ्चको गत चैत ८ मा सम्पन्न दोस्रो बैठकले सात सदस्यीय सल्लाहकार मनोनीत गरेको थियो। पोखरामा बुधबार आयोजित सल्लाहकार स्वागत तथा पोखरा स्पोर्टस् अवार्डबारे प्रारम्भिक छलफल कार्यक्रममा मञ्च संस्थापकतर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष तर्फबाट त्रिभुवन पौडेल, क्षेत्रीय खेलकुद विकास समितिको तर्फबाट सम्पन्न श्रेष्ठ, पत्रकार महासंघ कास्की अध्यक्षतर्फबाट दीपेन्द्र श्रेष्ठ, मञ्चका पूर्व अध्यक्षतर्फबाट विनोद लामिछाने, मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक र पत्रकार दीननाथ बराललाई मनोनीत गरिएको व्यहोरा सहितको पत्र साथमा खादा लगाएर स्वागत सम्मान गरिएको हो।
कार्यक्रममा सल्लाहकार रामकृष्ण ज्ञवालीले पैसा भएरमात्र कार्यक्रम सफल नहुने, यसमा विभिन्न चरणको छलफल, बैठक र योजना हुनुपर्ने बताए। पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका मञ्चका संस्थापक अध्यक्ष ज्ञवालीले मञ्चको आगामी अवार्ड लगायत कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेका मञ्च सल्लाहकार दीपेन्द्र श्रेष्ठले विगतमा जस्तै विवेकसम्मत् सल्लाह सुझाव दिँदै जाने बताउँदै स्पोर्टस् अवार्ड प्रदेश स्तरमा गर्ने कि जिल्लास्तरमा गर्ने खाका बनाउनुपर्ने सुझाव दिए। उनले स्पोर्टस् अवार्डका लागि कुनै सन्दर्भ जोडेर क्यालेण्डर नै बनाई अघि बढ्नुपर्ने बताए । सल्लाहकार सम्पन्न श्रेष्ठले स्पोर्टस् अवार्डले खेल र खेलाडीको विकासमा सहयोग पुगेको बताए। क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष श्रेष्ठले स्पोर्टस् अवार्ड आफैमा ब्राण्ड बनेको बताए।
पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अवार्डको लागि पहिलो आवश्यकता भनेको आर्थिक नै हो भन्दै प्रस्तावना लिएर सम्भावित निकायमा जानुपर्ने सुझाव दिए । सल्लाहकार विनोद लामिछानेले पोखरा स्पार्टस् अवार्डले खेलाडीलाई समेत उर्जा मिलेको बताए। उनले निश्चित गन्तव्य लिएर अघि बढेको मञ्चलाई आफूले विगतका दिनमा जस्तै आफ्नो तर्फबाट सल्लाह सुझाव सहित विभिन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सल्लाहकार दीननाथ बरालले कार्यक्रम गर्दा हुने विगतको गल्ति कमजोरी सुधार गर्दै अघि बढ्न मञ्चलाई सुझाव दिए। उनले मञ्चले नियमित रुपमा आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्ड पोखराको खेल पर्यटनको लागि समेत महत्वपूर्ण भएको बताए ।
मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका सल्लाहकार केशव पाठक पोखरा बाहिर भएकोले उपस्थित हुन सकेनन् । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए। मञ्चले आगामी जेठ अन्तिम साता चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड गर्ने तयारी गरेको छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला