सूर्य तिमिल्सिना, पोखरा । ओम डेचलपमेन्ट बैंक लिमिटेडले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त पारेको उक्त मन्दिरमा आउने दर्शनार्थीहरुलाई थप सुबिधा दिन आबश्यक स्रोत बृद्धि गर्नका लागि मन्दिर ब्यबस्थापन समितिलाई बैंकले एक लाख ११ हजार एक सय ११ रुपैँया सहयोग प्रदान गरेको हो ।
बैंकले बिगतका समयमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताएका छन् ।
बैकंले चेक मार्फत मनकामना मन्दिर ब्यबस्थापन समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसअधि पनि बैंकले महेश आश्रम देवघाटलाई एक सेट सिसिटिभि प्रदान गरी को थियो ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
फेवातालको सीमांकन सकिन लाग्योः मेयर आचार्य
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग